site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश रोक, सशस्त्रको गस्तीमा पनि अवरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन नेपाललाई पत्राचार गरेको छ ।  भारत धार्चुलाका उप जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।

जुलाई १४ मा भारतले पठाएको पत्रमा भनिएको छ,“विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमा पारि आउन चाहन्छन् । मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् । त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।”

Prabhu Bank
Agni Group
NIC Asia

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले नेपाली पक्षबाट कुनै प्रकारको घुसपैठ नभएको बताए । उनले छाङरुमा रहेको सशस्त्र प्रहरीलाई भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको बताए ।

उनले भने,“नेपालको नयाँ नक्सामा रहेका गुन्जी, कालापानी र लिम्पियाधुरा भारतीयकै कब्जामा छन् । भौगोलिक विकटता भएकाले त्यहाँ स्थानीय जाँदैनन् । तर आसपासका क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गर्न खोजेपछि उनीहरुले रोक लगाएको सुनेका छौं । मुलतः उनीहरुले सशस्त्र प्रहरीलाई लक्षित गरेको देखिन्छ ।”

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC