site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको स्वर छ । गीतमा रोमनको शब्द तथा संगीत छ ।

गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । भिडियोमा सिनेमाका मुख्य कलाकारहरू अनमोल केसी र नायिका जसिता गुरुङ फिचर्ड छन् । 

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोल र जसितासँगै रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारको अभिनय छ ।  चलचित्र जेठ १० गतेबाट रिलिज हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro