site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस किन यता न उता ?

नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्ना संस्थापक नेता बीपी कोइरालाको अठ्तीसौं स्मृति दिवसका विभिन्न कार्यक्रममा मन्तव्य दिँदै बीपी विचार सार्वकालिक रहेको बताए । गत मंगलबार गरिएको सम्झनाको औपचारिकतामा बीपीप्रति शाब्दिक बखानबाहेक उहाँको सान्दर्भिकता बुझाउने गहिरो अनुसन्धानको कुनै विचार प्रवाहित गरिएन । सामयिक परिमार्जनको खाका पनि सुनिएन । 

बीपी व्यक्तित्व विचारलाई सबैले स्वीकार गरेको भए पनि उहाँको विचारको सान्दर्भिकता प्रस्ट्याउन अनुसन्धानात्मक प्रस्तुति दिने दायित्व अनुयायी कांग्रेस पार्टीको नै हो । पार्टीको  आधिकारिक (मुखपत्र) प्रकाशनसमेत लामो समयदेखि गर्न नसकेको  नेपाली कांग्रेसका नेता, कार्यकर्ताको गम्भीर विचार आलेख पनि कुनै सञ्चार माध्यममा खासै पाइएन । 

ऐतिहासिक भूमिकाको बखान गरेर नथाक्ने कांग्रेस पार्टी सञ्चालकहरुले ऐतिहासिक योगदान गरेका नेताहरुको स्मृति वा जयन्ती व्यवस्थित प्रक्रियाले मनाउने तरिका स्थापित गर्नुपर्ने थियो । कि पार्टीले जयन्तीमा मात्र कार्यक्रम गर्ने निश्चित परम्परा बसाउन सक्नुपर्ने हो । स्मृति दिवसहरु सार्वजनिक तहमा भन्दा पार्टी कार्यालयहरुमा श्रद्धा पूर्वक सम्झने मान्यता स्थापित गरे पनि हुने हो । 

Prabhu Bank
Agni Group
NIC Asia

इतिहास र योगदान सम्झनामात्रै होइन, प्रेरणा र दिग्दर्शन पनि हो । सामान्य अध्ययनमा पनि लाग्छ — बीपी कोइरालालाई अत्यन्त नजिकबाट बुझ्ने र बुझाइलाई उदारतापूर्वक सार्वजनिक गर्ने व्यक्तित्व सर्वोच्च नेता गणेशमान सिंह हुनुहुन्थ्यो । प्रतिबन्धित कांग्रेसको कार्यालय जमलमा प्रायः पुग्दा नेता सिंहले कहिले काहीँ रोचक शैलीमा टिप्पणी गर्दै ‘कोइराला हामीभन्दा दस कदम अगाडि’ भन्नुहुन्थ्यो । उहाँले तुलना आफ्ना बाजे रत्नमान काजी र पिताजी कृष्णप्रसाद कोइरालाको समेत उदाहरण दिएर आफ्नो भनाइ स्पष्ट गर्नुहुन्थ्यो । 

मेलमिलाप नीतिदेखि कैयौं प्रसंगहरुमा बीपी र आफ्नो सन्दर्भ जोड्दै उहाँले ‘म बीपीप्रति कतिपय कुरामा असहमत र अडान लिने अठोटमा हुन्थे तर जब उहाँको तर्क सुन्थेँ म सहमत हुन पुग्थेँ । यस्तो प्रतिभा र तर्क हुन्थ्यो बीपीसँग’ नेता सिंह बडो प्रफुल्ल मुद्रामा व्यक्त हुनुहुन्थ्यो । यस्ता थुप्रै प्रसंग उहाँले व्यक्त गर्नुभएको छ, लिखतमा पनि आएका छन् । पहिलो जनआन्दोलनलाई सर्वोच्च नेतृत्व दिनुभएका सिंहले संयुक्त आन्दोलनमा  बीपीले राख्नुभएको मान्यताको नै प्रतिनिधित्व गर्नु भएको हो । यो अलग्गै अध्ययनको पाटो हो ।  

Global Ime bank

मूल सिद्धान्तमा नेताहरु सिंहदेखि सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय र गिरिजाप्रसाद कोइरालालगायतमा  एकत्व रहे पनि कतिपय मुद्दाको सबालमा विचार विविधता थियो । दस्ताबेजहरुले समेत बुझाउने नेताहरुबीचमा आआफ्नोपन भए पनि प्रभावशाली यस्ता लाखौं नेता, कार्यकर्तालाई बीपीले एकीकृत सूत्रमा जोडिरहनु भयो । अहिले त्यस्तै कामना असम्भव छ तर पच्चीस प्रतिशत अपेक्षा राख्नु पनि पाखण्ड साबित हुने दृश्य छ । संघर्ष, त्याग र वैचारिक सम्पदाको विशाल भकारीको धनी नेपाली कांग्रेस अहिले यता न उता वा मार्गहीन झञ्झावातमा फसेको छ ।

नेपाली आधुनिक चेतना र चिन्तनलाई सबैभन्दा बढी प्रभावित, आकर्षित र विस्तार गर्ने यस धर्तीको पहिलो मानिस बीपी हुनुहुन्छ । योगदानीहरु सबै इतिहासमा अंकित छन् । भगवान गौतम बुद्धले जीवन दर्शनको माध्यमबाट विश्व आध्यात्मिक धारमा थपेको चिन्तन उच्चकोटी छ । त्यसपछि बहुआयामिक मानवीय मूल्यहरुबाट मानिसलाई नजिकबाट छोएको बीपी कोइरालाले नै हो । 

‘सान्दाजुको महाभारत’ नाटकका लेखक प्रा. अभि सुवेदीले बीपीलाई ‘महामना’ भन्नुको सान्दर्भिकता खोतल्दै – अहिलेसम्म बीपी एकमात्र त्यस्तो नेपाली राजनेता हो जसले राजनीति, साहित्य, समाज, अर्थ, विज्ञान, कला, वातावरणलगायत विभिन्न विषयमा आधिकारिक धारणा प्रस्तुत गर्ने ‘विशाल मनको’ हैसियत राख्नुभयो, लेख्नुभएको छ । अध्येता सुवेदीको भावार्थ टिप्पणी सापटी लिएर भन्दा उहाँको यति गहिरो बुझाइ, बीपी विचारका संकलित दस्ताबेजहरुमा पनि अभिव्यक्त छ तर कांग्रेस सतही र कर्मकाण्डी प्रस्तुतिमा सीमित छ ।

नेपाली कांग्रेसमा नाममा भेटिने बीपी काममा अहिले प्रायः भेटिनुहुन्न । स्पष्ट भन्दा नेतृत्व असफल छ, यही कारण अहिलेको कांग्रेसमा गुट, उपगुटको जब्बर उपस्थिति छ । नेतृत्वले एकताको सहज सुरक्षा वा भावनाहरुको सम्मान संयोजन गर्न नसक्दा छाहारी खोज्दै भौतारिएका नेता कार्यकर्ताबाट एकीकृत प्रभाव विस्तार हुँदैन । परिणाम कांग्रेस निस्क्रियजस्तै थप निस्प्रभावी हुँदैछ । कार्यकर्तालाई पनि भरपर्दो भरोसा दिन नसकेको नेतृत्वले जनतामा भरोसा जगाउन सम्भव छैन । 

महाधिवेशनको मुखमा पुगेको मानिने कांग्रेसले आफैँ घोषित समयमा त्यो काम फत्ते गर्नेमा अधिकांशको आशंका छ, किन ? नेतृत्वको इमानमा विश्वास रहन्थ्यो भने आशंका आउने नै थिएन । कार्यकर्ताको मात्रै किन, नागरिकको पनि मन छामे हुन्छ, आफूप्रति भरोसा कति छ ? नेतृत्वले थाहा पाइहाल्छ । झुन्डको समर्थनको कुरा होइन र असफलता यहीँ निहित छ । नेतृत्व एकलकाटे बने, बनाइएको छ । बनाउनेमा होइन, दोष नेतामा छ, लिनैपर्छ । 

कार्य मिति पुगेपछि केन्द्रदेखि सबै तहका पदाधिकारीको एकवर्षे म्याद थपेर तदर्थ संरचना बनिसक्दा सभापतिले एकपछि अर्को विभाग गठन र सदस्य थप गर्नु नसुहाउने काम भएको छ । यही स्थितिका वरिष्ठ नेता, महामन्त्री र कोषाध्यक्षसमेतले सभापतिलाई महाधिवेशन तयारी मुखमा यस्ता मनोननय नगर्न दिएको लिखित र मौखिक रायलाई ‘जे सक्छौ गर’ भन्ने शैलीमा सभापति पदले चुनौती दिनु सबैको सभापति बन्न नसक्नु हो । यो राय दिने तीन जनामात्र होइनन् त्यसमा ठूलो कार्यकर्ता पंक्तिको भावना निहित छ भन्ने ज्ञान सभापति शेरबहादुर देउवामा जाग्नुपर्ने हो । 

यस्ता मनोनयन महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्य प्रेरित रहेको टिप्पणी छरपस्ट छ । अर्कोतर्पm मनोनयन गरिएकाको स्वतन्त्र हैसियत र विवेकमाथि हस्तक्षेप वा शोषण गर्ने अपेक्षा यसमा निहीत छ । मनोनीतहरु स्वतन्त्रताको चेतनाले प्रेरित र संघर्षशील कार्यकर्ता हुन् । तिनीहरु फेरि पनि स्वतन्त्र निर्णय गर्न प्रेरित हुनसक्छन् । कुबेलाको मनोनयन विवेक सौदाबाजीको भोट हँुदैन भन्ने अनुभव सभापतिले सँगाल्नु भएकै हुनुपर्छ । 

देशमा उत्पन्न धेरै कटु मुद्दाहरुमा आँखा चिम्लिएको नेपाली कांग्रेसमा आन्तरिक दुर्दशाको पनि फेहरिस्त लामो छ । नेपाल कम्युनिस्ट पार्टीको सरकारले देशभित्र बिथोलेको विधिको शासन, भ्रष्टाचारको संस्थागत बीजारोपण र अव्यवस्थाको भयावह स्थितिप्रति कांग्रेस मौन छ । नीतिहीन वाह्यनीतिको असन्तुलनले अर्को भयावह स्थिति संकेत गर्दैछ । कांग्रेसको मौन जनताले कांग्रेस बिर्सने कारण बन्दैछ । प्रकोपहरुले आक्रान्त देशको कांग्रेसले केही थान विज्ञप्ति र एकाध ज्ञापनपत्र बुझाएर प्रमुख विपक्षको ढाइ वर्ष गुजारेको छ । 

भन्न त, कांग्रेस कम्युनिस्टजस्तो तोडफोड गर्ने प्रतिपक्ष होइन, शालीन प्रतिरोध गर्छ, सगौरव भनेको सुनिन्छ । जनताको पक्षमा आवाज बुलन्द गर्न वा सरकारको कुकृत्यको विरोध गर्न कांग्रेससँग सीमित उपाय यत्तिमात्रै हो  र ? यतिबेला कांगे्रसले प्रतिपक्षीय प्रतिरोधी आवाजमा सुनिने गरी बोलेकै छैन । कतिपयले भन्न थालेका छन् – कांग्रेस प्रतिपक्ष रहेन, सत्ता पक्ष नै हो । यस्तो भनाइ कांग्रेस नेतृत्वलाई के सुखद लागेको हो ? अब कांग्रेस कता ? न सरकार न प्रतिपक्ष, यता न उता ?        

नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वको सरकारले आफ्नो बचाउमा बिगारेको विदेश नीतिले सरकार त जोगिएला, जोगियो पनि ।  असंलग्न नीतिबाट सन्तुलन कायम राखेको नेपालको वैदेशिक सम्बन्धको तराजु एकतर्फी झोलिएपछि आउने भावी स्थिति समाल्न हम्मे पर्नेमात्रै हैन यसको मूल्य राष्ट्र र जनतालाई भारी पर्ने निश्चित छ । कांग्रेस औचित्यपूर्ण सन्तुलन कायम राख्न कुनै स्वर निकाल्दैन । मानौ कांग्रेसको दूरको दृष्टि कमजोर भएको छ ? 

संवैधानिक मर्यादा र रक्षा गर्ने गरिमामय पदमा आसीन राष्ट्रपति सबै नेपालीको नभएर नेकपाभित्र पनि गुटमा सीमित हुदासमेत कांग्रेसले सम्झाउने हैसियत देखाउँदैन । गणतन्त्र बदनाम हुँदै कमजोरसमेत भएको चर्चा देशव्यापी छ तर कांग्रेस सुन्दैन । नेकपाले राष्ट्रपतिको मर्यादालाई आन्तरिक घर्षण मिलाउन पटकपटक दुरुपयोग गरेको छ । कूटनयिक प्रतिनिधि मुलुकलाई दूरगामी अप्ठेरोमा पार्ने गरी परिधि नाघेर चलखेल गर्दैछन् । पद होइन, पदको हैसियत र गरिमा धान्नु ठूलो कुरा हो । त्यस्तो भएको पाइएन । यस्तै चल्ने हो भने सबैले गणतन्त्रको चिन्ता वा मोह छोड्न सक्नुपर्यो ।  

आन्तरिक र बाह्य दर्जनौ गलत अभ्यासप्रति कुनै चासो र संवेदना नराख्ने कांग्रेस नेतृत्व के गर्दै छु भन्ने हेक्का र परिणामप्रति बेपरवाह देखिएको छ । यस्तो परिवेशबीच देखिएको नग्नचित्र जतिसुकै खिइए पनि कांग्रेसमा जकड र पकड राख्ने ध्याउन्नमा नेतृत्व लम्पट छ । यही नियतको नियति भोग्न कांग्रेसको भावी पुस्ता, लोकतन्त्र र राष्ट्र अभिशप्त छ कि ?

बीपीको स्मृति दिवसमा कांग्रेसजन र यिनको वर्तमान नेतृत्वले के प्रेरणा लियो वा कुन बाटो समायो कुन्नि ? तर बाटो पहिल्याउन सक्ने नेतृत्व हुन्थ्यो भने नेपाली कांग्रेसयस्ता सवालमा यता न उता हुने थिएन, सशक्त प्रभावी हुने थियो । के यस्तो दुर्दशा कांग्रेसजनका लागि मान्य छ ? कतिसम्म भने कांग्रेसका एकदुई बाहेक कुनै पनि नेता चाहे विचारका धनी ठान्ने युवा हुन् वा जेठा कसैले पनि स्वःस्फूर्त लेख, अभिव्यक्ति दिएको पाइन छोडे । यता न उता, यस्तो मौन आत्मकेन्द्रित भयले वा निराशाजेले होस् परिणाम राम्रो हुनेछैन । पुनः यस्तै दुर्दशाको निरन्तरता ?         
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC