site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दर्ता नगरी स्यानिटाइजर उत्पादन गर्न दिने निर्णयप्रति औषधि उत्पादक आन्दोलित
SkywellSkywell

काठमाडौं । नेपाल औषधि उत्पादक संघले स्यानिटाइजर दर्ता गर्ने म्याद थपप्रति असहमति जनाएको छ । स्यानिटाइजर दर्ता गर्ने समयावधि थप्‍ने काम जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको संघको ठहर छ । 

स्वास्थ्य मन्त्रालयले असार २२ गते मन्‍त्रीस्तरीय निर्णयबाट स्यानिटाइजर दर्ताका लागि थप तीन महिना समयावधि दिने निर्णय गरेको थियो । दर्ता समय थपिनु भनेको विनादर्ता र विनागुणस्तर परीक्षण थप तीन महिना बजारमा स्यानेटाइजर बिक्री गर्न दिएको भन्दै संघले त्यो कार्य सर्वसाधारणको स्वास्थ्यमाथिको खेलवाड भएको जनाएको छ । यो वा त्यो बहानामा नेपाली उद्योगहरुको प्रवर्द्धनविरुद्ध गरिएका निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ ।  

NIC Asia

संघले स्वास्थ्यमन्त्रीलाई भेटेरै सरकारले विभिन्‍न समयमा गरेको निर्णय कार्यान्वयनको ध्यानाकर्षण गराएको पनि जनाएको छ । तर, एक्कासि स्यानिटाइजरको दर्ता समय थप्‍ने निर्णयका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको संघले जनाएको छ । बुधबारसम्म मागको सुनुवाइ नभए थप कडा आन्दोलनको चेतावनी संघले दिएको छ । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu