site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिँचाइ पोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारको बाङमाका दुई बालबालिकाको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको छ । बाङमाका गइन्द्र राईका छ वर्षीय छोरा संगम राई र तीन वर्षीया छोरी समृद्धि राईको आज साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो । 

दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्ने क्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको अवस्थामा फेला परेका थिए ।

Dabur Nepal
NIC Asia

बेलुका पौने ६ बजे फेला परेका दुवै जनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइ पोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवै जनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेत नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीलाई घटनास्थल सुरक्षित राख्न लगाएर थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थालतर्फ गएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । 

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए । 

अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए ।

मृतक संगम स्थानीय कलंका आधारभूत विद्यालको कक्षा २ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । 

यसअघि यही भदौ ७ गते ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro