site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको पदाधिकारीमा जुटेन सहमति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारी छान्न चुनाव गर्ने तयारी गरिएको छ । सर्वसम्मतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्ने तयारी गरिएको हो ।

एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले सहमति जुट्न नसकेकाले चुनावी प्रक्रियामा जाने तयारी भएको बताए । “सहमति हुन सकेन । अब पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनावी प्रक्रियामा जाने कुरा भयो,” उनले बाह्रखरीसँग भने । 

निर्वाचन समितिका प्रमुख माधव पौडेलले निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुने बताए । “सहमतिका लागि प्रयास त भइहाल्छ,” उनी भन्छन्, “छलफल भइरहेको छ । भोलिबाट चुनावी प्रक्रिया सुरु हुन्छ ।”

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।

महाधिवेशनमा नेपाल र भुसालको भिडन्त हुने सम्भावना बढेको थियो । तर, चौतर्फी दबाबपछि भुसाल पछि हटेका थिए ।

बाँकी १८ पदाधिकारी भने चयन गर्न हुन सकेन । महाधिवेशनले असार २१ गते ९३ सदस्य केन्द्रीय कमिटी घोषणा गरेको थियो । त्यसको करिब एक महिनापछि केन्द्रीय कमिटीले पूर्णता पाएको थियो । एकीकृत समाजवादीमा ३४३ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । तर, पनि पार्टीमा असन्तुष्टि कायम नै छ । 

पदाधिकारी चयनलगायतका एजेन्डामा छलफल गर्न आइतबारबाट केन्द्रीय कमिटी बैठक जारी छ ।

एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । सहमति नजुटे पदाधिकारीमा चुनाव हुनुपर्ने माग केन्द्रीय सदस्यहरूले राखेका हुन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro