site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
खेलाडी–प्रशिक्षकबीच भाषा समस्या (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउन सुरु हुनुभन्दा एक साताअघि नेपाल आइपुगेका कोरियाली प्रशिक्षक सेओङ कुक चोईले लगत्तै प्रशिक्षण थालेका थिए । त्यसपछि झन्डै तीन महिना बन्द कोठामा खुम्चिएका उनी पछिल्लो दुई सातादेखि पुनः नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीसँग कोर्टमा देखिन थालेका छन् । 

उनीसँगै राष्ट्रिय टोलीका केही खेलाडी प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल दैनिक पुग्छन् । तर, प्रशिक्षणका क्रममा ब्याडमिन्टन खेलाडी र कोरियाली प्रशिक्षकबीच भाषामा समस्या देखिन थालेको छ । कोरियाली प्रशिक्षक चाईले अंग्रेजी र नेपाली नबुझ्दा भाषामा समस्या भएको खेलाडीहरू बताउँछन् ।

“कोरियाली प्रशिक्षसँग भाषाको समस्या भइरहेको छ । उहाँले अंग्रेजी र नेपाली दुवै बुझ्नुहुन्न,” राष्ट्रिय खेलाडी सीता राईले भनिन्, “हामीले कोरियन बुझ्दैनौं । उहाँले मोबाइल एप्लिकेसनको सहायताले भाषा ट्रान्सलेसन गर्दै प्रशिक्षण दिँदै हुनुहुन्छ । तर, कुनै–कुनै शब्द गुगलले पनि जस्ताको त्यस्तै अर्थ लगाउँदैन । त्यसो हुँदा उहाँले भन्न खोज्नुभएका केही राम्रा कुरा बुझ्न नसक्ने अवस्था छ ।”

Prabhu Bank
Agni Group
NIC Asia



प्रशिक्षणका क्रममाः संघका पदाधिकारीहरू पनि साताको दुई–तीन दिन प्रशिक्षण केन्द्रमा आउने गरेका छन् । तर, उहाँहरूले भाषा अनुवादक चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा खेलाडीसँग कुनै छलफल गरेको पाइँदैन । प्रशिक्षक लामो समयका लागि नेपाल आएकाले तत्काल संघले खेलाडी र प्रशिक्षकबीच भाषामा सहजीकरण गरिदिनुपर्ने उनीहरूको माग छ ।

भाषामा केही समस्या भए पनि प्रशिक्षकको प्रशिक्षणमा भने कुनै खोट लगाउने ठाउँ नभएको खेलाडीको भनाइ छ । “हामीले यसअघिको र अहिलेको प्रशिक्षणमा धेरै अन्तर पाएका छौं । जुन हामीले प्रशिक्षणका दौरान बुझेका छौं । तर, अरूले नबुझ्‍न सक्छन् । किनकि बाहिरबाट हेर्दा सबै प्रशिक्षण उस्तै देखिन्छ,” सीताले भनिन्, “उहाँले हाम्रो सानो–सानो कमजोरीलाई नियाली राख्नुभएको छ । यसअघि यस्तो गर मात्र भन्नुहुन्थ्यो, हामी गर्थ्यौं ।” 

Global Ime bank

पहिलोपटक विदेशीसँग प्रशिक्षण गर्न अवसर पाएको जुनियर ब्याडमिन्टन खेलाडी पविनकुमार लिङ्देन बताउँछन् । उच्चस्तरका कोरियाली प्रशिक्षकको प्रशिक्षण गर्ने तरिका पूर्ण फरक भएको उनले अनुभव सुनाए । तर, उनले आफूलाई भाषामा समस्या भइरहेको बताए । उनले आफूले कोरियान वा प्रशिक्षकले नेपाली वा अंग्रेजी सिक्नुपर्ने अवस्था आएको बताए । 

तर, राष्ट्रिय खेलाडी शोभा गौचन र प्रिन्स दाहालको मत भने फरक छ । गौचनले आफूलाई भाषाको खासै समस्या नभएको बताइन् । कतिबेला आफूले नबुझ्दा प्रशिक्षकले प्रयोगात्मक रूपमा बुझाउँदा झनै सजिलो भएको उनको बुझाइ छ ।

“मलाई भाषामा समस्या जस्तो लाग्दैन । हामीले नबुझेका कुरा उहाँले आफैं गरेर देखाइदिनुहुन्छ । जस कारण सजिलो भएको छ,” गौचनले भनिन्, “विदेशी प्रशिक्षकसँग भाषामा समस्या हुनु स्वभाविक हो । त्यसलाई हामीले स्वीकार्नु पर्छ ।”

उनले कोरियाली प्रशिक्षकको प्रशंसा गर्दै शारीरिक र कोर्ट दुवैमा उत्कृष्ट प्रशिक्षण भइरहेको बताइन् । यसअघिका प्रशिक्षकले खेलाडीले नसक्दा कम्प्रमाइज गर्ने गरेको उनले सुनाइन् । तर, नयाँ प्रशिक्षकले सबै कुरा गर्नुपर्ने बाध्यता रहँदा धेरै कुरा सिक्न पाएको उनको बुझाइ छ ।

उनले प्रशिक्षक निकै शान्त र खेलाडीलाई सम्मान गर्ने भएको बताइन् । “यसअघि हामी कुनै कारणले प्रशिक्षणमा ढिलो पुग्दा सजाय दिने गरिन्थ्यो । तर, उहाँसँग प्रशिक्षण गर्दा आफू ढिलो आउनुको बोध आफैं गर्न बाध्य पार्नुहुन्छ,” उनले भनिन्, “अहिलेसम्म कुनै पनि स्वदेशी र विदेशी प्रशिक्षकले खेलाडीलाई सम्मान र सुझाव दिएका छैनन् । तर उहाँले भोलि खेल्नका लागि आज आफ्नो सुरक्षा गर्नु आवश्यक रहेको पाठ सिकाउनुभएको छ ।” 

ब्याडमिन्टनको जुनियर विश्व वरीयताको सातौँ स्थानमा रहेका युवा खेलाडी प्रिन्सले भाषाकै कारण प्रशिक्षणमा समस्या नभएको बताए । प्रशिक्षकले शारीरिक र भाषिक रूपमा बुझाउने प्रयास गरेकाले पनि प्रशिक्षणमा सहज भएको उनको भनाइ छ । 

तस्बिरहरु : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC