site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष स्थानको रियलको संघर्षपूर्ण जित
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा आइतबार बेलुका भएको खेलमा रियलले १-० गोलको जित निकालेको हो ।

पाहुना टोली रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले खेलको एक मात्र निर्णायक गोल गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा गोल गर्दै जित दिलाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् । एथ्लेटिक बिल्बाओका डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरेका हुन् ।

यस जितसँगै उपाधि होड बलियो बनाएको रियलले दोस्रो स्थानको बार्सिलोनालाई सात अंकले पछि पारेको छ । रियलले ३४ खेलमा ७७ अंक जोड्दा एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक छ । यता पराजित एथ्लेटिक बिल्बाओ ४८ अंकसहित आठौं स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC