site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डाक्टरहरु भन्छन्- आत्मरक्षाका लागि हामीले पनि कराते सिक्नुपर्‍यो ? (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापाको बिर्तामोडस्थित मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको विरोधमा आइतबार (आज) माइतीघरमा प्रदर्शन गरिएको छ । 

माइतीघरमा भेला भएका चिकित्सकहरूले कोरोनाको महामारीमा पनि जोखिम मोलेर काम गरिरहेका डाक्टरमाथिको आक्रमण अमानवीय रहेको बताएका छन् । प्रदर्शनमा सहभागी चिकित्सकहरूले डाक्टर भगवान होइन, बुद्धिले भ्याएसम्म काम गर्ने हो, डाक्टरले जानेर गल्ती गर्दैन, तर डाक्टर माथि जाइलाग्ने कार्य बन्द हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । 

माइतीघरबाट नयाँ बानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरिएको थियो । असार ११ गते झापाको मेडिकल हस्पिटलमा कार्यरत मेडिकल अफिसर डा. सुधाकर झामाथि बिरामीका आफन्तहरूले हातपात गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बिर्तामोड नगरपालिका ६, बुट्टाबारीका ८ वर्षीय विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे अस्पताल लगिएको थियो । अस्पतालका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो ।  डा. झाले बिरामीका आफन्तहरूलाई अस्पतालमा हल्ला नगर्न र मास्क लगाउन भनेका थिए । तर बिरामीका आफन्तले सोही कुरालाई लिएर हातपात गरेका थिए ।
 

Global Ime bank

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC