site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र प्रचण्डबीच भेटवार्ता सुरु, साक्षी थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि (१२ः१५ बजेबाट) सुरु भएको भेटवार्तामा दोस्रो तहका नेता पनि साक्षीका रूपमा उपस्थित छन् ।

निर्णाय भनिएको वार्तामा दुईपक्षबीच उत्पन्न तिक्तता अन्त्य गर्ने विकल्पमा छलफल हुने बताइएको  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल सहभागी छन् । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शुक्रबार पौडेल र शर्मा समेत सहभागी बैठकले निष्कर्ष दिन सकेको थिएन । उनीहरू जेठ २ गतेको सहमतिका साक्षी पनि हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement