site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली तानाशाह बने : खनाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली तानाशाह बनेको आरोप लगाएका छन् ।

स्थायी कमिटीको मङ्गलबारको बैठकमा आफ्नो रोलक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका हुन् । उनले ओली निरङ्कुश, तानाशाह बनेको र उनलाई पार्टी र शासन सत्तामा राखिरहे लोकतन्त्र दुर्घटनामा पर्ने सङ्केत गरेका थिए ।

“केपी ओलीमा अधिनायकवादी चरित्र हाबी भएको छ । तानाशाह बनेका छन् । यस्तो अवस्थामा पार्टी पनि उहाँको नेतृत्वमा चल्दैन । र, सरकार पनि चल्न सक्दैन,” खनालले भनेका थिए । यस्तो अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प नरहेको बताएका हुन् ।

उनले आज बोल्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित १८ जना वक्ताको धारणा त्यही रहेको बताए । स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान ११ बजे बालुवाटारमै बस्ने छ । आजको बैठक मूल एजेन्डाबाट अरू विषयमा सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro