site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्दै कांग्रेस 

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।  आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकका लागि आशन्न महाधिवेशन र सरकारका कामकारबाहीबारे समीक्षा गरेर आगामी रणनीति तय गर्ने विषय बस्तु नै मुख्य एजेण्डा तय गरिएको जानकारी दिए ।  

“कोभिड–१९ ले गर्दा अलमलमा परेको पार्टीको १४ औं महाविधेशवन २०७७ फागुन ७ मा यथावत राखेर तल्लो तहको अधिवेशन, क्रियाशिल सदस्यता वितरणका बारेमा छलफल हुन्छ,” उनले बाह्रखरीसँग भने । 

महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भए पनि सभापति शेरबहादुर देउवाले पूर्वनिर्धारित मितिमै पार्टीका १४ औं महाधिवेशन सम्पन्न गर्ने मनस्थिति बनाएका छन् । सभापति देउवानिकट स्रोतले २०७७ फागुन ७ गतेका लागि निर्धारण गरिएको महाधिवेशनको मिति परिवर्तन नगरिने दाबी गरेको छ । 

मुख्यसचिव पौडेलले पनि यसअघि निर्धारण गरिएकै मितिमा महाधिवेशन सम्पन्न गर्ने सभापति देउवाको मनस्थिति रहेको पुष्टि गरे । “आगामी फागुन ७ गते कुनै पनि हालतमा महाधिवेशन गर्ने स्ट्याण्ड छ । यो सभापतिको अपरिवर्तनिय स्ट्याण्ड हो,” उनले भने ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro