site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 विदेशबाट फर्कनेको इज्जत गरौँ 

लाखौं नेपाली नागरिक नेपालबाहिर छन् । सरकारी तथ्यांकनुसार खाडी मुलुकमा मात्रै १८ देखि २० लाख र भारत, मलेसिया, जापान, दक्षिण कोरिया, युरोप, अमेरिकालगायतका देशमा समेत गरी करिब ४० देखि ४५ लाख नेपाली विदेशमा छन् । उनीहरु रहेका देशमा पनि कोभिड—१९ को जोखिम उच्च देखिएको छ ।

विदेशमा भएका नेपाली महामारीजन्य विभिन्न कारणले नेपाल फर्कन चाहन्छन् । यसै सिलसिलामा लाखौं नेपालीले विदेशस्थित नेपाली दूतावासमा फर्कने व्यवस्था मिलाउन अनुरोध गरिरहेका छन् । नेपाल सरकारले पनि नेपाल आउन चाहनेहरुलाई क्रमशः स्वदेश ल्याउने कार्यक्रम बनाएको बताएको छ । आशा गरौँ, विनाभेदभाव सरकारले नेपाल आउन चाहने सबै नेपालीलाई स्वदेश ल्याउनेछ ।

देशमा आर्थिक गतिविधि शून्य भयो भने राजनीतिक परिवर्तनले मात्रै केही हुँदैन । नेपालको हालको आर्थिक गतिविधिलाई अगाडि बढाउन विदेशी रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण छ । गत आर्थिक वर्षमा मात्रै करिब ८ अर्ब डलर बराबर रेमिट्यान्स नेपाल भित्रिएको थियो । आव २०७६/०७७ को बजेटको करिब २७ प्रतिशत विदेशी रेमिट्यान्सको हिस्सा थियोे । सरकारले यस्तो विषम परिस्थितिमा पनि, आगामी आव ०७७/०७८ मा विदेशी रेमिट्यान्सले १५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसबाहेक अन्य माध्यमबाट पनि आर्थिक गतिविधिलाई टेवा पु¥याउने काममा वैदेशिक रोजगारमा गएकाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ । तिनै वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सका कारण नेपालको व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, जनताका आधारभूत आवश्यकताको परिपूर्ति, विकास निर्माण, रोजगारीलगायतका क्षेत्रमा महत्थ्वपूर्ण हिस्सा र प्रभाव छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा सजिलै पैसा कमाउने अवस्था भने हुँदैन । अत्यन्तै कडा परिश्रम, उच्च तापक्रममा बसेर काम गर्नुपर्ने अवस्था हुन्छ । धेरैजसो देशमा सजिलो काम आफ्नै देशका नागरिकलाई दिने र नेपालीलगायत विदेशी कामदारलाई गाह्रो र जोखिमपूर्ण र फोहोर काम दिने गरिन्छ । पहिलो त विदेशी त्यसमाथि वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली दक्ष पनि हुँदैनन् । यसैले गाह्रो र जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता हुन्छ । फलस्वरूप, जोखिमी काम गर्दा बर्सेनि धेरै नेपालीले अकालमा ज्यान गुमाउनुपरेको छ । 

हजारौंको संख्यामा नेपालीको शव बाकसमा नेपाल ल्याइने गरेको छ । एकातिर यस्तो करुणाजनक स्थिति छ भने अहिले कोभिड —१९ का कारण सयौं जनाको शब नेपाल ल्याउन सकिएको छैन । साथै, विभिन्न आरोपमा कतिपय देशका जेलमा हजारौंको संख्यामा नेपाली जेल परेका छन् । नेपालमा त्यस्ता घटनाबाट पीडित परिवार र समाजको पीडा छुट्टै छ । विदेशी भूमिमा ज्यानलाई जोखिममा हालेर नेपालको भविष्य बनाउने वैदेशिक रोजगारमा जानेहरुको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने नीति निर्मातादेखि राजनीतिक नेता कार्यकर्ता सबैले स्वीकार गर्नुपर्छ  ।

Global Ime bank

एउटा सुखद पक्ष के छ भने वैदेशिक रोजगारीमा गएका नेपालीले विदेशमा काम गर्दागर्दै आफूले गरेको काममा दक्षता हासिल गरिसकेका हुन्छन् । उनीहरु नेपाल आउँदा एउटा पूर्ण दक्ष जनशक्ति भएर आऊँदै छन् । यसलाई सरकारले सदुपयोग गन सक्नुपर्छ । उनीहरु कृषि, पशुपालन, निर्माण, कलकारखाना, मेकानिकल, व्यापार व्यवसाय, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्राविधिक ज्ञान प्राप्त गरेका दक्ष नेपालीका रूपमा नेपाल आउँदै छन् भन्ने सरकारले बुझ्नुपर्छ । यही ज्ञान, सीप र दक्षता प्राप्त गर्न राज्यले अर्बौं रकम खर्चिनु पर्ने थियो भने वर्षौं लाग्ने थियो । तर, सित्तैमा त्यस्तो महत्त्वपूर्ण जनशक्ति प्राप्त भएको छ । 

उनीहरुले प्राप्त गरेको ज्ञान, सीप र दक्षता अधिकतम कृषिसँग सम्बन्धित हुनसक्छ । त्यसैले उनीहरुसँग भएको ज्ञान, सीप र दक्षतालाई सरकारले राज्यको महत्त्वपूर्ण सम्पत्ति मानेर ग्रहण गर्नुपर्छ ।

अहिले नेपालको लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै छ । तराई, पहाड, हिमालका समथर भूमि, फाँट, पाखापखेरा बाँझिएका छन् । अहिले पनि नेपालको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान कृषि क्षेत्रको छ । अहिले पनि करिब ६० प्रतिशत जनता कृषिमै निर्भर छन् । यसैले सरकारले यस घडीमा वैदेशिक रोजगारबाट फर्केकाहरु दक्ष जनशक्तिलाई सम्मान, सुविधा र सुरक्षासहित कुन कुन विषयमा दक्षता हासिल गरेका छन् भन्ने बारेमा विवरण तयार गर्नुपर्छ । 

सरकारले विदेशबाट आउने सबै कोभिड—१९ संक्रमित हुन् भन्ने मानसिकता लिएर तिनको व्यवस्थापनको चिन्ता हैन उनीहरुलाई सहज, व्यवस्थित, सुरक्षितरुपमा र विनाभेदभाव क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

अवसर पाए भने वैदेशिक रोजगारीबाट फर्कने नेपालीले बाँझिएर बसेका लाखौं हेक्टर खेतीयोग्य जमिनमा वैज्ञानिक र आधुनिक खेती प्रणालीका माध्यमबाट सुन फलाउन सक्छन् । विकासको गतिमा अगाडि लम्कन नसकेको नेपाललाई अगाडि लानेछन् । राज्यको नीति अनुकूल भएमा अब देशमा कृषि क्षेत्रसँग सम्बन्धित उद्योग कलकारखाना खोलिनेछ । लाखौं नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था हुनेछ । नेपाल अब संसारमा श्रम बेच्ने हैन सदुपयोग गर्ने देशका रूपमा चिनिनेछ र आत्मनिर्भर बन्नेछ । त्यसैले उनीहरुको सम्मान गरौँ, इज्जत गरौँ, बचाऔँ । सरकारले पनि तत्कालै उनीहरुको ज्ञान, सीप र दक्षताका आधारमा दीर्घकालीन विकासको योजना निर्माण तथा तर्जुमा गर्नुपर्छ । (चितवन)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ९, २०७७  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC