site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौंका तीन कोरोना संक्रमित : एक व्यापारी, एकजना ज्योतिष र अर्का एक बिरामी बोक्ने चालक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमा पसल गर्ने व्यापारी, अर्का एकजना ज्यातिष र अर्का व्यक्ति बिरामी बोक्ने गाडीका चालक रहेको बुझिएको छ । स्वास्थ्य मन्त्रालयले आजमात्रै थप ७२ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो ।

जसमा काठमाडौंको टोखा नगरपालिका–३ र ६ मा २ जना बूढानिलकण्ठ नगरपालिका–३ मा एकजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु २७, ४१ र ३७ वर्षका भएको मन्त्रालयले जनाएको छ ।  यसबाहेक अन्य संक्रमित  कपिलवस्तु, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखका छन् । ३ जनामा कोरोना संक्रमण देखिएपछि प्रहरीले ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक प्रहरी अधिकारीका अनुसार काठमाडौंमा देखिएका तीन संक्रमितमध्ये एकजना पसल सञ्चालक, ज्योतिष र अर्का एकजना बिरामी बोक्ने गाडीका चालक हुन् ।  एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा नगरपालिकाकै आग्रहमा उनले गाडीमा बिरामी ओसार्दै आएका थिए । 

एक प्रहरी अधिकारीले भने,“अवस्था भयावह छ । स्वास्थ्यजाँच लगायतका कुरा निकै फितलो छन् । अहिले देखिएका तीनैजनाको सम्बन्ध धेरैसँग भएको हामीले अनुमान गरेका छौँ । जाँच प्रभावकारी नहुने हो भने निकै महंगो पर्न सक्छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC