site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महामारीमा आत्महत्याको जोखिम

साधारण अवस्थामाभन्दा महामारी, युद्ध, द्वन्द्व, अभाव, भोकमरीजस्ता असाधारण अवस्थामा समाजमा आत्महत्या, घरेलु हिंसा, यौन दुर्व्यवहार, चोरी, झैझगडालगायतका अपराध बढी हुने गर्छन् । विश्वभर फैलिएको कोभिड–१९ को महामारीको अवधिमा पनि यस्ता धेरै घटना भएका छन । यीमध्ये पनि यस अवधिमा आत्महत्याको दरमा उल्लेख्य वृद्धि भएको समाचार सार्वजनिक भएका छन् । 

विश्व स्वास्थ्य संगठनको सन् २०१६ मा प्रकाशित आत्महत्यासम्बन्धी प्रतिवेदनमा विश्वमा प्रतिवर्ष प्रतिएक लाख जनसंख्यामा ११ जनाले आत्महत्या गरेको उल्लेख छ । यो संख्या कुल मृत्यु हुने संख्याको १.४ प्रतिशत हो । त्यसैगरी सोही प्रतिवेदनअनुसार नेपालमा प्रतिवर्ष प्रति एकलाखमा १० जनाले आत्महत्या गर्छन् । यसअनुसार नेपालमा प्रत्येक वर्ष लगभग ३ हजार जनाको मृत्यु आत्महत्याबाट हुन्छ ।  

विश्वमा सबैभन्दा बढी आत्महत्या हुने देश दक्षिण अमेरिकाको गुयाना हो । त्यहाँ प्रतिवर्ष प्रतिएक लाखमा ३० जनाले आत्महत्या गरेको तथ्यांक छ । त्यसैगरी सबैभन्दा कम आत्महत्या हुने देश उत्तर अमेरिकाको बारवाडोस हो जहाँ प्रतिवर्ष प्रतिलाखमा ०.४ जनाले आत्महत्या गर्छन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

विश्वका सम्पन्न र विकसित भनिएका देशमा पनि आत्महत्या उत्तिकै दरमा भएको देखिन्छ । रसियामा प्रतिवर्ष प्रतिलाखमा २६ जनाले आत्महत्या गरेको देखिन्छ भने उक्त दर दक्षिण कोरियामा २० जना छ । भारतमा प्रतिवर्ष प्रतिलाख १६ जनाले आत्महत्या गरेको तथ्यांक छ भने जापानमा १४ जना र अमेरिकामा १३ जनाले आत्महत्या गर्छन् । यसरी हेर्दा विश्वका जुनसुकै ठाउँ वा समाजमा आत्महत्या विकराल समस्याका रुपमा देखापर्छ । संख्या वा दरमा हेर्दा कहीँ बढी र कहीँ कममात्र हो । 

के कारणले मानिसहरुलाई आत्महत्यासम्म पुर्‍याउँछ ? समाजको कुन तत्त्वले त्यस्तो मनोविज्ञानको निर्माण गर्छ जसले व्यक्तिलाई आत्महत्या जस्तो जघन्य कार्य गर्ने निणर्यमा पुर्‍याउँछ । 

Global Ime bank

खासगरी युरोपेली अध्येताहरुले अठारौं शताब्दीबाट आत्महत्याको बारेमा अध्ययन अनुसन्धान थालेका थिए । उनीहरुले परम्परागत समाजमा भन्दा पनि आधुनिक समाजमा आत्महत्याको दर बढेको निष्कर्ष निकाल्दै यसलाई व्यक्तिको मानसिक कारण भएको ठहर गरेका दिए । साथै आत्महत्या नितान्त व्यक्तिगत मानसिक तथा उसको पागलपन, लहड र बहुलट्ठीको कारण हुने घटना हो भनी व्याख्या गरे ।

पहिलोपटक फ्रेन्च समाजशास्त्री इमाईल दुर्खिम (१८५८–१९१७) ले आत्महत्याको समाजशास्त्रीय व्याख्या गरे । अघिल्ला अध्येताहरुले आत्महत्यालाई जसरी व्यक्तिको पागलपन, नक्कल, जातिगत र सांसारिक भनेर व्याख्या गरेका थिए त्यसलाई उनले अपर्याप्त भने । उनका अनुसार आत्महत्यालाई त्यसरी व्यक्तिगत घटनाको रुपमा नभई सामाजिक घटनाको रुपमा बुझ्नु पर्छ र त्यसको सामाजिक व्याख्या हुनुपर्छ । 

दुर्खिमका अनुसार कुनै समाजको सामाजिक सद्भाव तथा संगति र आत्महत्या परस्पर अन्तर्सम्बन्धित हुन्छ । सामाजिक सद्भाव राम्रो भएको समाजमा आत्महत्याको दर कम र सामाजिक सद्भाव कमजोर भएको समाजमा आत्महत्याको दर बढी रहेको निष्कर्ष निकाल्दै उनले आत्महत्याको सामाजिक व्याख्या गरे । उनले महामारी, युद्ध, द्वन्द्व, विभेद, भोकमरीजस्ता कारकबाट सामाजिक असन्तुलन उत्पन्न भएको समाजमा आत्महत्या बढी हुने बताए ।  

यसरी दुर्खिमले आत्महत्यालाई व्यक्तिको मानसिक कारणभन्दा पनि सामाजिक कारणसँग जोडेर व्याख्या गरे । आत्महत्यासम्बन्धी यो नै पहिलो समाजशास्त्रीय व्याख्या थियो । उनले आत्महत्यालार्ई यसरी चार प्रकारमा विभाजन गरेका छन् :

१. अभिमानवादी (इगोइस्टिक) आत्महत्या : समाजमा व्यक्तिले कुनै साथ र समर्थनको भरोसा गर्न नसक्ने हदसम्म सामाजिक सद्भावमा गिरावट आएपछि अहंकारी आत्महत्या हुन्छ । उसले जीवन जीउने कुनै आधार देख्दैन । समाजमा उसले आफूलाई एक्लो महसुस गर्छ । अनि उसले मर्नुको विकल्प देख्दैन । विपद तथा महामारीले आक्रान्त समाजमा यस प्रकारको आत्महत्या बढी हुने गर्छ ।  

२. परोपकारवादी (अल्ट्रुइस्टिक) आत्महत्या : यो अहंकारी आत्यहत्याको ठीकविपरीत हो । आफ्नो समूहमा अत्यधिक एकताभावको सृजना भई आफू मर्दा आफ्नो समूहलाई फाइदा हुन्छ भन्ने ठानेर व्यक्तिले आत्महत्या अँगालेको हुन्छ । विपरीत समूहसँग युद्धमा गरिने आत्मघाती हमलाका घटनालाई यससंग जोड्न सकिन्छ ।

३. अव्यवस्थाजन्य (एनेमिक) आत्महत्या : कुनै व्यक्तिलाई त्यहाँको सामाजिक व्यवस्थाले स्पष्ट मार्गदर्शन नगर्दा उत्पन्न सामाजिक असन्तुलन र खलबलको स्थितिले हुने आत्महत्यालाई दुर्खिमले एनोमिक आत्महत्या भनेका छन् । उनका अनुसार मानिसको स्वाभाव सदाको लागि असन्तुष्ट र असीमित चाहना भएको हुन्छ र उक्त असीमित चाहना पूरा गर्ने क्रममा नैतिक तथा सामाजिक परिधिभन्दा बाहिर पुग्छ । जसले उसको सामाजिक सम्बन्धमा खलबल हुन पुग्छ । फलस्वरूप, मानिस आत्महत्यासम्म पुग्छन् । उनी भन्छन – “एनोमिक आत्महत्या विशेष गरी आधुनिक समाजमा आर्थिक विश्वमा प्रचलित थियो ।’’

अहिलेको देखासिकी गर्ने हाम्रो समाजमा यस प्रकारको आत्महत्या बढ्दै गएको देखिन्छ । गाडी र बंगला नभए समाजमा प्रतिष्ठा नहुने सोचेर मानिसले नैतिक मापदण्ड बिर्सेर गर्ने कामबाट अन्ततः फन्दामा परेर आत्महत्या गरेको अनेकौं उदाहरण छन् । घुसकाण्ड, भ्रष्टाचारजस्ता अभियोग लागेकाहरुले सामजिक तथा नैतिक दबाब थेग्न नसकेर आत्महत्या गरेका हुन्छन् । 

४. घातक आत्महत्या : यस प्रकारको आत्महत्यालाई उनले अत्याधिक सामाजिक नियमनको परिणाम छन् । उनका अनुसार समाजको उत्पीडनकारी कडा नैतिक अनुशासनमा बाँधिन नसकेर मानिसले आत्महत्या गर्छन् । ऐतिहासिक कालमा दासहरुले गरेको आत्महत्या र आधुनिक समाजमा सन्तानवीहिन विवाहित महिलाले गरेको आत्महत्यालाई उनले यस कोटीमा राखेका छन् । छुवाछुत र विभेदकारी नेपाली समाजमा हुने कतिपय आत्महत्याका घटना यस कोटीमा पर्न सक्छन् । दलित र गैरदलित केटाकेटीबीच हुने प्रेम सम्बन्धलाई समाजले बहिष्कृत गर्दा कतिपयले आत्महत्यालाई विकल्पको रुपमा रोजेको पनि देखिएको छ ।        

यसरी दुर्खिमले विभिन्न समाजमा घटेका आत्महत्याका घटनाको विश्लेषण गरी यसको सामाजिक व्याख्या गरेका छन् । उनले खास किसिमको सामाजिक आर्थिक संरचना भएको समाजमा आत्महत्याको विशेष दर रहेको पत्ता लगाए । आमरुपमा समाजको सामाजिक, आर्थिक, राजनीतिक धार्मिक, सांस्कृतिक पक्षहरु नै त्यो समाजको सामाजिक सद्भाव र सामञ्जस्य निर्धारण गर्ने तत्त्व हुन् । सामाजिक सद्भाव र सामञ्जस्यमा हेरफेर आउँदा आत्महत्या दर पनि फरक हुन्छ । महामारी, युद्ध, विपद, भोकमरीजस्ता कारकले सामाजिक सद्भावमा खलल ल्याउँछन् । यस्तो अवस्थामा आत्महत्याको जोखिम उच्च हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC