site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भ्रष्टाचारको छानबिनमा नेपाली सेनाका सहायक रथीसहित उच्च अधिकारी हिरासतमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । भ्रष्टाचारको अभियोगमा नेपाली सेनाले एकजना प्रमुख सहायक रथी (जर्नेल) र अर्का महासेनानी (कर्नेल)लाई हिरासतमा लिएको छ । वीरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा हुँदा आर्थिक अनियमितता गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको नेपाली सेना उच्च स्रोतले जानकारी दिएको छ ।

हिरासतमा लिइएका जर्नेल प्रयोगजंग राणा हुन् । नेपाली सेनाले सैनिक कल्याणकारी निर्देशनालयकै महासेनानी नवीन सिलवाललाई छानबिनका लागि हिरासतमा लिएको जनाएको छ । उनीहरुविरुद्धको कारवाहीका लागि कोर्ट अफ इन्क्वाइरी गठन गरिँदैछ ।

उनीहरुलाई तीन दिनदेखि हिरासतमा राखिएको छ । प्रमाण नष्ट नहोस् भनेर उनीहरुलाई हिरासतमा राखिएको हो ।  २०४४ सालमा नेपाली सेनामा भर्ना भएका राणा २६ बेसिकका अधिकृत हुन् । कोर्ट अफ इन्क्वाइरी बोर्डले दिएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारवाही गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

निकैपछि, नेपाली सेनाभित्र भ्रष्टाचारको अभियोगमा उच्च अधिकारीलाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको यो पहिलो भएको सैनिक स्रोतले जानकारी दिएको छ । सप्रमाण गोप्य उजुरीका आधारमा अन्य उच्च अधिकृत पनि निगरानीमा रहेको र निकट भविष्यमै छानबिन हुने संकेत उच्च सैनिक स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

यसअघि समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचारणसम्बन्धी कसुर गरेको अभियोगतमा तीनजना अधिकृतसहित पाँच जनालाई दोषी ठहर गर्दै कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानबिन गर्न सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वाइरी गठन गरिएको थियो ।

Global Ime bank

सोही बोर्डले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

“महा सेनानी भुपालमान अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गराई सैनिक ऐन, २०६३ को दाफ ४९ को खण्ड (क), दफा ५२ को खण्ड (६) र (झ) बमोजिमको कसुरमा दोषी ठहरिएकाले सैनिक ऐनमा भएको व्यवस्थाअनुसार २ महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,” नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “साथै निजले गैर कानुनी रुपमा आर्थिक उपार्जन गरि लिए–खाएको ठहरिन आएको विगो रकम रु एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ असुल गर्ने ।”

त्यसैगरी नेपाली सेनाका प्रमुख सेनानी देवबहादुर क्षेत्रीले आर्थिक अनियमितता गरेको ठहर गर्दै दुई वर्ष बढुवा रोक्ने र उनीबाट चार लाख ४० हजार असुल उपर गर्ने फैसला सुनाएको छ । त्यसैगरी हुद्धा यज्ञराज पोखरेलेल आर्थिक अनियमितता गरेको ठहर गर्दै उनलाई पनि भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र उनीबाट ३ लाख ६० हजार असुल गर्ने फैसला सुनाएको छ ।

त्यस्तै हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष तलब बृद्धि रोक्का गर्ने र उनले हिनामिना गरेको दश हजार असुल गर्ने फैसला सुनाएको छ । त्यस्तै लेखा अधिकृत सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानुनी प्रक्रिया अवलम्बन नगरी सैनिक ऐनको उल्लंघन गरेको हुँदा उनलाई नसिहत दिने फैसला सुनाएको छ ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन र संञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्यअनुसार अनुशासन र आचरण विपरीत काम गर्नेलाई कारवाही गरिएको जनाएको छ । साथै नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउनेको कडा नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरणविरुद्धको क्रियाकलापमा शून्य सहनशिलताको नीति लिएको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC