site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
चिनियाँ  मिडियाले गल्ती सच्याउँदै भन्‍यो - 'सगरमाथा नेपाल-चीन सीमामा' 

काठमाडौं ।  चिनियाँ सञ्‍चारमाध्यमले यसअघि सगरमाथा चीनमा रहेको दाबी गरेकोमा अहिले सच्याएको छ । 

चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले यसअघिको गल्ती सच्याउँदै भन्‍यो, "सगरमाथा नेपाल-चीन सीमामा छ ।"  

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले एकघण्टा अघि गरेको ट्विटमा भनिएको छ, "नेपाल-चीन सीमामा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा १ मेको शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।"

यसअघि २ मेमा सीजीटीएनले भनेको थियो, ""चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।" 

यसअघि सगरमाथाको उचाई सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियो । लामो समयदेखिको सगरमाथको उचाईसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो । 

चीनले सगरमाथाको उचाईको निर्क्यौल गर्नका लागि बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो । 

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा चोमोलोङ्‌मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाई चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  ०४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro