site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विश्वमै सबैभन्दा बढी दर्शक पाएको रामायणले कसरी पुरानो याद ताजा गराउँदैछ ?
Sarbottam CementSarbottam Cement

बीबीसी । रामायण र शक्तिमान जस्ता दशकौँ अगाडिका टेलिभिजन कार्यक्रम पछिल्लो समय भारतमा धेरै ठूलो हिट साबित भइरहेका छन् । लकडाउनको समयमा घरभित्र थुनिएर बसेका करोडौँ दर्शकहरुलाई यी कार्यक्रमले पुराना यादहरु ताजा गराइरहेको छ । सबै उमेर समुहबीच लोकप्रियता हासिल गर्न सफल रामायणले केही समय अगाडि मात्र विश्व रेकर्ड नै कायम गरेको हो । 

पुनः प्रशारण गरिएको रामायणको पहिलो चार एपिसोड मात्र १७ करोड बढीले टिभीमा हेरेका हुन् जसले भारतको दुर्दशन च्यानललाई देशकै सबैभन्दा धेरै हेरिएको च्यानल बनाइदिएको छ । गत अप्रिल १६ मा मात्र ७ करोड ७० लाखले रामायण हेरेका हुन् जसले अमेरिकाको ‘बिग ब्याङ थेउरी’ र ‘गेम अफ थ्रोन्स’ जस्ता विश्वचर्चित कार्यक्रमको रेकर्ड तोडेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तरपनि रामायणको लोकप्रियतालाई आश्चर्यजनक मानिएको छैन किनकी १९८७ र १९८८ मा पहिलोपटक ७८ वटा एपिसोड प्रशारण हुँदाखेरि नै त्यसलाई ८ करोड बढी मान्छेले हेरेका थिए । विज्ञापन र दर्शकको सङ्ख्याका हिसाबले यो कार्यक्रम भारतको इतिहासकै सबैभन्दा सफल कार्यक्रम  बनेको छ । १९८० को दशकमा हुर्किएको बालक भएकाले यो कार्यक्रमको धेरै सम्झना रहेको राहुल वर्मा बताउँछन् । बिहान र बेलुका गरी दिनमा दुईपटक प्रशारण हुने सो कार्यक्रम हेर्नकै लागि टोल छिमेकका सबै एकठाउँ भेला हुँदा सडकहरु खालि हुने गरेको आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । र अहिलेको अवस्थामा घरमा बसेर ‘बोर’ भइरहँदा समय काट्ने यो अत्यन्तै उत्तम विकल्प साबित भइरहेको दिल्लीकी ३८ वर्षीया सपना पटेल बताउँछिन् । 

सपना भन्छिन्, “अहिले म मेरो बुवासँग बसेर महामभारत हेरिरहेकी छु । ” यस किसिमका धार्मिक कार्यक्रम बच्चादेखि हजुरबुवासम्म सबै पीढी माझ लोकप्रिय भएकाले पनि लकडाउनमा यसले परिवारलाई साथ ल्याइरहेको सपना बताउँछिन् । त्यस्तै उनका सहकर्मीले बाल्यकालमा हेर्ने गरेको शक्तिमान अहिले आफ्नी ६ वर्षीया छोरीसँग हेर्न पाउँदा अलगै खुसीको अनुभूति गरिरहेको उनले बताइन् । लकडाउन नभएको भए वा दुर्दशनले यसै बेला रामायण पुनः प्रशारण नगरेको भए यस्तो नहुने उनको भनाइ छ । धार्मिक कारण बाहेक यी दुईवटै कार्यक्रम निःशुल्क टिभी च्यानलमा उपलब्ध हुँदा अतिरिक्त शुल्क नतिरी बिना इन्टरनेट पनि सबैले हेर्न सक्ने भएकाले पनि कार्यक्रमले ऐतिहासिक रकेर्ड कायम गर्न सफल भएको बताइएको छ । 

Global Ime bank

यसरी कोभिड–१९ को प्रकोप सुरु भएसँगै विश्व लकडाउनमा रहँदा केही महिना यता पुराना संगीतदेखि भिडियोगेम, फिल्म लगायतबाट मानिसहरुले सबैभन्दा बढी मनोरञ्जन लिइरहेको पाइएको छ । जस्तै संगीत सुन्ने एप, ‘स्पोटिफाई’ मा यतिखेर १९५० देखि १९८० बीचका गीत सुन्नेहरुको दर ५४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सामाजिक संजालमा पनि पिनबल माइनस्वीपर, फुटबल म्यानेजर, एज अफ अम्पायर लगायत पुराना गेमहरु चर्चामा आइरहेका छन् । यसरी पुराना सम्झनाहरु मान्छेको स्मरण क्षमतासँग सम्बन्धित अत्यन्तै शक्तिशाली माध्यम भएकाले पनि हामी ती यादहरु फेरि जिउन चाहने गर्छौँ । यता बीबीसी युकेले पनि लन्डन ओलम्पिक्स पुनः प्रशारण गरिरहेको छ । 

साइकोलोजिस्ट एवम् साइकोथेरापिस्ट डाक्टर जोनथन पोइन्टरका अनुसार आफूलाई सबैभन्दा मनपर्ने पुरानो टेलिभिन कार्यक्रम, फिल्म, गीत, किताब, भिडियो गेम, विभिन्न खेलको अनुभव र खानेकुरा समेत हाम्रो भावनात्मक स्मृतिसँग जोडिएको हुन्छ । त्यसैले यी विगतका अनुभूतिहरु पुनः महसुस गरि ताजा गराउनुले मानिसलाई एक किसिमको खुसी र आनन्द दिलाउने उनी बताउँछन् ।  जीवनको कठिन घडीमा ती यादहरु सम्झनुले हामीलाई सुरक्षित भएको र सहज आभास गराउँछ । त्यसैले बाल्यकालमा हेरेको टेलिभिजन कार्यक्रमले पनि हामीमा सकारात्मक प्रभाव पार्दछ ।

मान्छेको मुड र मनस्थितिमा सुधार ल्याउन यो तरिका अत्यन्तै प्रभावकारी हुने उनले बताए । यसबीच दुरदर्शन टिभीले अब अर्को धार्मिक कार्यक्रम श्रीकृष्ण पनि पुनः प्रशारण गर्ने तयारी गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ०५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC