site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देश बनाउने हो भने

यतिबेला विश्वमा कोरोनाभाइरसको महामारी फैलिएको छ । विश्वसँगै नेपाल पनि यसको चपेटामा परेको छ । गत आर्थिक वर्षमा आठ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ भने अहिले विप्रेषण १० प्रतिशत घट्ने अनुमानमात्र गरिएको छ । यो पनि बैंकको अनुमान हो । तर, गैरआवासीय नेपाली संघ (एनआरएन)को छाताभित्रका नेपालीको हकमा हेर्दा बीसदेखि ५० प्रतिशतसम्म विप्रेषण घट्ने देखिन्छ । थुपै्र नेपालीको विदेशमा कोरोनाभाइरसका कारण मृत्यु भएको छ भने केही हजार संक्रमित छन् । संघले विदेशमा आफ्ना ४१ शाखाबाट करिब एक हजार स्वास्थ्यकर्मी परिचालित गरेको छ । 

कृषिले कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत टेवा दिएको छ तर पनि बर्सेनि १ खर्ब बराबरको कृषिजन्य वस्तुको आयात हुँदो रहेछ । देशको आन्तरिक उत्पादन बढाउन सकियो भने व्यापार घाटा कम गर्दै लैजान सकिनेछ र विप्रेषणको भर पर्नुपर्ने अवस्था रहनेछैन । बिजुलीको उत्पादन बढाउँदै लगियो भने डिजेल र प्रेट्रेलको भर परिरहन पर्दैन । 

भविष्यमा जोखिम बढ्ने कुरातर्फ लागौँ । विदेसिएका नेपाली विश्वमा करिब ८० लाखको हारहारीमा भएको मानिन्छ । देशको कुल गार्हस्थ्य उत्पादनको करिब एक तिहाइ रेमिट्यान्सले धानेको छ । तर, यस महामारीबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरु जोखिममा छन् । मध्यपूर्व र खाडीलगायत देशमा रोजगारदाताले अपनाउनु पर्ने न्यूनतम सुरक्षा र स्वास्थ्यलाई त्यसदेशका सरकारले निगरानीमा राखेबाट धेरै कम्पनी बन्द हुने क्रम तीब्र छ । रोजगारदाता कम्पनी बन्द भएपछि त रोजगार गुम्ने भयो । अनि उनीहरु फर्कने त स्वदेश नै हो । सँगसँगै प्रत्येक देशहरु कोरोनाभाइरसका कारण श्रम कटौती गर्नुपरेको छ । युरोप अमेरिकामा काम गर्ने नेपालीहरु विशेषगरी रेस्टुराँ र डिपार्टमेन्ट स्टोरहरु बन्द भइदिँदा रोजगार गुमेको छ । विदेशका अधिकांश नेपाली यतिबेला घरमै बसेर बचेखुचेका पैसाले गुजारा चलाउने अवस्थामा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिका, बेलायत र साउदीअरबजस्ता देशले यस लकडाउनपछि रोजगारमा आफना नागरिकलाई प्राथमिकतामा राख्ने नीति अपनाउने भनेका छन् । उनीहरुले रोजगार पाएपछि नपुग भएमात्र अन्य देशका मानिसलाई काममा लगाउनेछन् । स्वदेशी र विदेशी कामदारमा विभेद हुनेछ । फलस्वरूप, धेरै नेपाली स्वदेश फर्कनेछन् । यसरी विदेशिएकाहरू स्वदेश फर्किएपछि देशको अवस्था के होला ? 

परन्तु, कोरोनाभाइरसपछि रोजगारहरु गुमाएर स्वदेश फर्किएका नेपालीलाई के गर्ने भन्ने विषयमा सरकारले ठोस गृहकार्य गरेको देखिँदैन । त्यसैले सरकारले आफ्ना नागरिकलाई झनै विदेश बस्ने नेपालीलाई यस महामारीबाट बचाउन स्वदेश ल्याउनुपर्नेमा उसले श्रमको नयाँ नयाँ गन्तव्य निकाल्दै विदेश पठाउँदैछ । किनभने सरकार ‘म्यानपावर’ कम्पनीजस्तै भएको छ । नीतिगतरुपमै कामदार विदेश पठाउने एजेन्ट भएको उदाहरण भाइरसको महामारीमा समेत कामदारका रुपमा कोरिया पठाउने तयारी हो । 

Global Ime bank

सरकारले मृत्युको होइन जीवनको मूल्य खोज्नुपर्थ्यो । जहाजको भाडाको खर्च होइन विदेशमा अलपत्र नागरिकको जीवनकोे मूल्यलाई महत्त्व दिनुपर्ने थियो । तर हामी त पेसा नै वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावरको मालिकलाई राजदूत बनाउने देशका सरकारका नागरिक हौँ । अरु देशको सरकारले आफ्ना नागरिकले उत्पादन गरेका वस्तु विदेश पठाउँछन् भने हाम्रा नेताले त युवा नाग रिक नै वस्तुसरह विदेश पठाइदिन्छन् ! अर्को आश्चर्य, विदेशमा दुःख भोगेका, देखेका जानेकाहरुको संस्था मानिएको एनआरएनले पनि सरकारलाई नागरिक विदेश निर्यात गर्न सघाउँछ । 

हाम्रो दुई छिमेकी देशमा करिब तीन अर्ब जनसंख्या छ । हामीले ती देशका जनतालाई आवतजावत गर्न पुल बन्नसक्यौँ त्यहाँका एक प्रतिशतमात्र अए भने पनि हामीकहाँ तीन करोड पर्यटक भित्रिनेछन् । अहिले वार्षिक जम्मा १० देखि १५ लाख पर्यटक भित्रिँदा हामीले पर्यटन उद्योग मानेका छौँ । यसको लागि भारतीय सीमादेखि चीनको सीमासम्म रेलको विकास गर्नु जरुरी हुन्छ ।

हामीलाई अमेरिका र युरोपका पर्यटक आवश्यक छैनन् । चालीस लाख जनसंख्या भएको तिब्बतमा वार्षिक तीन करोड पर्यटक जान्छन् तर नेपाल आउँदैनन् । तीब्बतको ल्हासादेखि काठमाडांै हुँदै हिमालयको फेदीमा रेल दौडाउने हो भने हामीलाई एक करोड पर्यटक भए पुग्छ । काठमाडौंबाट चढेर हिमालयको फेदीमा खाना खाएर बेलुकी काठमाडौं वा आफ्नै घर आउन सकिन्थ्यो भन आन्तरिक पर्यटक पनि प्रशस्त हुनेछन् । 

विदेशबाट फर्केकालाई यिनै रेलका लिग बनाउने कामको जिम्मा दिन सकिन्छ । विदेशमा जस्तै जोखिमपूर्ण काम गराउन कैदीहरुलाई काममा लगाउन सकिन्छ । सुरक्षाकर्मीको संख्या बढाएर उनीहरुलाई व्यवस्थापनको जिम्मा दिन सकिन्छ । दृढ इच्छा शक्ति र विचार भए पुग्छ देश बनाउन । ठूलाठूला प्रमाणपत्र आवश्यक छैन ।

दुवै छिमेकीसँग विश्वासको सम्बन्ध राख्न सके सीमामा सुरक्षाकर्मी खटाउनु पर्दैन । सीमित आवागमनको मार्ग खोलेर विद्युतीय परिचय प्रणाली अपनाएर सीमा वारपार गर्ने व्यवस्था गर्न सकिन्छ । सीमानामा विद्युतीय तारबार लगाइयो भने सीमा मिच्ने खेलबाट मुक्त भइनेछ । यतिकाम गर्न छिमेकीको अनुमति लिनु पर्दैन । घर मालिक दरो भए पुग्छ । वर्षको एक खर्बको कृषि आयात घटाउन युवालाई प्रोत्साहित गरी कृषिमा लगानी गरिदिनुपर्छ । त्यसबाट १० खर्बको कृषि उत्पादन हुनेछ ।  कर्मचारी बढाइयोस्, सुरक्षाकर्मी बढाइयोस् र देशभित्रै रोजगारी सृजना गरियोस् । घटाउने हो भने नेता र राजनीतिक पदहरू घटाइयोस् । 
(एनआरएनका टास्कफोर्स सदस्य) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC