site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘भस्मासुर’ द्वय ओली र भट्टराई   

गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालसँग अन्तरवार्तामा केपी ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका थिए । के साँच्चै ओली भस्मासुर नै हुन् त ? यो प्रश्नको उत्तर जान्न भस्मासुर को थिए भन्ने थाहा पाऊँ । 

असुरमध्येमा पनि भस्मासुर शक्तिशाली मानिन्छन् । उनले वरदानै त्यस्तै जो पाएका थिए । महादेवबाट जसको शिरमा हात राख्यो त्यही व्यक्ति जलेर भस्म हुने वरदान पाएका असुर हुन् भस्मासुर । पछि विष्णुको चलाखीका कारण आफ्नै शिरमा हात राखेपछि उनी स्वयं भस्म भएका थिए । त्यसैले उनलाई भस्मासुर भनिएको हो । उनको नाम त वृकासुर हो । 

देवहरुका पनि देव महादेव छिट्दै प्रशन्न हुने देवता मानिन्छन् । पौराणिक कथाअनुसार, एकपटक नारद ऋृषि कतै गइरहेको बखत उनलाई रोकी वृकासुरले साधेछन् – ब्रह्मा, विष्णु र महेश्वरमा को चाँडै प्रशन्न हुन्छन् ?

Prabhu Bank
Agni Group
NIC Asia

नारदले उत्तर दिए – हे वृकासुर ! शिव चाँडै प्रशन्न पनि हुन्छन् र चाँडै क्रोधित पनि । त्यसैले तिमी शिवजीको सेवा र तपस्या गर । तिम्रो इच्छा पूरा हुन्छ । तिमीभन्दा अघि रावण र वाणासुरलाई पनि शिवले वरदान दिएका थिए ।  

वृकासुर खुसी भएर केदारतीर्थमा गई शिवलाई प्रसन्न बनाउन कठोर तपस्या गर्न थाले । यही क्रममा आफ्नै शरीरको मासु काट्दै होम गर्न लागे । आफ्ना अंगहरुको होम गर्दा पनि शिवजी प्रशन्न भइृ वरदान दिन नआएपछि सातौँ दिनमा केदारतीर्थमा नुहाइधुवाइ गरी शिर काटेर होम गर्न तयार भए । त्यसैबखत महादेव अग्निकुण्डबाट बाहिर निस्किएर उनको हात रोके र सबै शरीरका अंग जस्ताको तस्तै बनाउँदै भने – हे वृकासुर ! मेरो भक्तिभावले जलमात्रै चढाए पनि म खुसी हुन्छु । तिमिले त शरीर नै अर्पण गर्‍यौ । म तपस्यादेखि प्रशन्न भएँ, वर माग !  

Global Ime bank

वृकासुरले भने – हे महादेव ! मैले जजसका शिरमा हात राख्छु, त्यो तत्काल भस्म भइमरोस् । वचन दिइसकेका महादेवले तथास्तु भन्नै पर्‍यो । 

वर पाएपछि वृकासुर त पार्वतीलाई हरण गर्ने नियत राखेर महादेवकै शिरमा हात राख्छु भनी अघि सरे । महादेव भाग्न थाले । शिव स्वर्ग, मत्र्य र पाताल जता भागे पनि  वृकासुरको पिछा छुटेन । अन्ततः शिव विष्णुसँग सहयोग माग्न पुगे ।

पौराणिक कथाहरूमा वृकासुरको अन्त्य विष्णुले कतै ब्राह्मण पुत्रको त कतै मोहिनी स्त्रीको छद्म वेश धारण गरेर मोहित गरी आफ्नै शिरमा हात राखेर वरदानको परीक्षा गर्न भनेका र वृकासुरले त्यसै गरेर भस्म भएको लेखिएको छ । जे होस्, भस्मासुरको विम्ब कुपात्रमा शक्ति एकत्रित भयो भने अन्ततः आफैँ समाप्त हुन्छ भन्ने बुझाउन प्रयोग हुन्छ ।

मूल प्रसंगमा फर्कौँ । डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भस्मासुरको उपमा दिएपछि यो चर्चा चुलिएको हो । अन्तर्वार्ता लिने र प्रसारण गर्नेसँग स्पष्टीकरण सोधेर सरकारले असहिष्णुता देखाएको छ ।

के प्रधानमन्त्री ओली भस्मासुर हुन् ? कि पूर्वप्रधानमन्त्री भट्टराई भस्मासुर भएका थिए ? भट्टराई पनि १० वर्षे कथित ‘जनयुद्ध’ कालमा भस्मासुर जस्तै उद्दण्ड शक्तिशाली भएका थिए । जसलाई मन यसलाई ‘सफाया’ गराउन सक्थे । अंगभंग गराउन सक्थे । शक्तिको गलत प्रयोग हेर्ने हो भने त तुलनात्मकरुपमा ओलीभन्दा कैयौँ गुना बढी भस्मासुर त भट्टराई देखिन्छन् । 

नेपाली जनमनले नबिर्सने भस्मासुर त भट्टराई नै हुन् । मानवता र मानवप्रति यिनमा रत्तिभर सम्मान थिएन । यिनको मियोमा एक दशक घुमेको नेपालको हिंसात्मक द्वन्द्वमा कति मानिसलाई ज्यूँदै जलाइए, कति टुहुरा र अनाथ भए ? देशको अर्थतन्त्र कहिल्यै उकासिन नसकिने गरी क्षतविक्षत बनाए ? गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी, डेकेन्द्र थापा आदिको हत्यामा संलग्नलाई कसरी उन्मुक्ति दिए ? कसरी हत्यारा बालकृष्ण ढुंगेललाई पक्रनबाट जोगाए ? भारतीय इसारामा देशलाई कसरी बन्धक बनाए ? यिनी भस्मासुर त हुन् नै अराष्ट्रिय पनि हुन् । 

यसको अर्थ ओली असल भनिएको भने होइन । उनी पनि निहत्था नागरिकको हत्या गरेरै अहिलेको स्थानमा पुगेका हुन् । धर्मदत्त ढकाल र बुधन चौधरी आदिको घाँटी सेरेरै यिनी पनि यो कुर्सीमा पुगेका हुन् । त्यसैले यी दुवै भस्मासुर हुन् । पदमा पुगेपछि देखाएको चरित्रले ओलीमा पनि प्रचुर मात्रामा भस्मासुर प्रवृत्ति रहेको पुष्टि भएको छ । 

ओलीका कामकारवाही भ्रष्टाचार, कुसंस्कार र मनोमानी र नग्न ढंगले अगाडि बढेका छन् । ओलीतन्त्र कायम छ र यो समय उनको बचाउ गर्ने समय पनि होइन । तर, जब तुलना हुन्छ त्यसबेला कसैले ‘चोर’ र ‘डाँका’मध्ये कसको पक्षमा ? भन्दा निश्चय नै ‘चोर’का पक्षमा भन्नै पर्ने हुन्छ । 
हालः वोस्टन, अमेरिका ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC