site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड– १९ र सामाजिक अवसर

विश्वले नै अहिले कोभिड–१९ को महामारी सहिरहेको छ । सहरका बाटाघाटा सुनसान देखिन्छन् । नेपाल पनि अपवाद बन्न सकेन । मानिसहरु अहिले घरभित्र बस्न बाध्य छन् । अहिले भइरहेको बन्दाबन्दी (लकडाउन) को अभ्यास महामारीबाट जोगिने उत्तम तरिका रहेको विश्व स्वस्थ्य संगठनलगायत जनस्वास्थका जानकार विज्ञहरुको ठम्याइ छ । त्यसैले हामी आफैँ पनि सचेत हुनु आवश्यकमात्र हैन अपरिहार्यसमेत हो । 

महामारीको रुप लियेको यतिका महिना बित्दा पनि यस रोगको वैज्ञानिक औषधि पत्ता लगाउन नसक्नु, विज्ञहरुबाटे दिन प्रतिदिन नयाँ नयाँ धारणा आउनु पनि सिङ्गो समुदायको डर र चिन्ताको कारण बनेको छ । अर्को, यो भाइरसको प्रारम्भिक प्रमुख स्रोत के हो भन्ने थाहा नपाउनु पनि वैज्ञानिक जगतको टाउकोको दुखाइ आश्चर्यको विषय बनेको छ । यस्को स्रोत पत्ता नलाग्दासम्म कोभिड–१९ विरुद्ध बन्ने नयाँ भ्यासिनमा पनि प्रश्न चिह्न रहिरहन्छ । 

कोरोना –१९ ले विश्व स्तरमा विनाशकारी रुप लिँदैगर्दा हाम्रोजस्तो समुदायलाई भने केही सकारात्मक पाठ सिक्ने अवसर पनि मिलेको छ । चिकित्सकका हैसियतले आज म केही सामान्य तर मानव जीवन स्वस्थ राख्न आवश्यक विषयका बारेमा बताउने जमर्को गर्दैछु जुन अहिले समुदायले अपनाउँदै पनि गएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

१. मास्क वा रुमालले मुख छोप्ने 

वातावरणमा प्रतिदिन प्रदूषण बढिरहेको छ । यस्को प्रभाव मानव जीवनमा प्रत्यक्ष पर्र्छ । उदाहरणका रुपमा लकडाउन हुनुभन्दा पहिला र भएको एक महिनापछिको अवस्था हेर्दा अहिलेको वातावरणीय स्वच्छता मापन अंकलाई लिन सकिन्छ । प्रदूषणबाट बच्न र स्वास्थ रहन घरबाहिर निक्लिँदा मास्क वा रुमालले मुख छोप्नु उत्तम उपाय हुनसक्छ । अहिले भोगिरहेको महामारीले यो सिकाएको छ । यो सकारात्मक पाटो हो । नजिकैको मानिसबाट रोग आफूलाई नसर्न र आफूलाई कुनै रोग भए अरुलाई सर्न नदिन पनि मास्क लगाउने, बोल्दा या हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने बानी अहिलेको परिस्थितिले बसाएको छ । 

Global Ime bank

२. साबुन वा खरानी पानीले मिचीमिची हात धुने 

सामान्यतः हामी सबैले साबुन पानीले हात धुने त गर्छौँ तर कसरी र कति पटक भन्ने धेरैलाई थाहा थिएन । यो महामारीपछि साबुन पानीले मिचीमिची हात धुने बानी बसालेको छ । विश्व स्वास्थ संगठनअनुसार उचित  तरिका अपनाएर (विश्व  स्वस्थ  संगठनको हात धुने तरिका) दिनमा कम्तीमा पनि १८ पटक हात धुनुपर्ने प्रावधान त पहिलादेखि नै थियो । तर, हामीले दिनमा १८ पटक उचित तरिका हात धुने गरेका थियौँ त ? आउँदा दिनमा निरन्तरता दिइयो भने हात धुने बानीले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

३. ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने 

ह्यान्ड स्यानिटाइजर हातमा भएका आँखाले देख्न नसकिने कीटाणु मार्न नभई केही समय निस्क्रिय बनाई राख्न प्रयोग गरिने अल्कोहलयुक्त झोल हो । यस्को प्रयोग हाम्रो समाजमा हुँदै नभएको त हैन तर धेरै कम मानिसले गरेको पाइन्थ्यो । अहिले भने यसको प्रयोग गर्ने बानी ह्वात्तै बढेको छ । यो राम्रो बानीको विकास हो । परन्तु, यसको प्रयोग गर्ने तरिका अहिले पनि धेरैलाई थाहा नभएको हुनसक्छ । स्यानिटाइजरको प्रयोग विशेषगरी घरबाट बाहिर निस्कनु भन्दा र घर पस्नुभन्दा पहिले गर्नु उत्तम मानिन्छ । यसको प्रयोग व्यक्तिले गर्ने क्रियाकलापमा भर पर्ने हुन्छ । धेरै मानिसको संसर्ग हुने काम वा ठाउँ जस्तै सार्वजनिक सवारी साधनमा यात्रा, कागजको नोट धेरै चलाउनेजस्ता काम गर्नेले वा सार्वजनिक शौचालयको प्रयोग गरिसकेपछि ह्यान्ड स्यानिटाइजरको प्रयोग अनिवार्य हुन सक्छ । तर स्यानिटाइजर धेरैपटक प्रयोग गर्नु राम्रो मानिदैन । उचित र आवश्यक अवस्थामा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ  ।

४. सामाजिक दूरी कायम गरी बस्ने 

सामाजिक दूरीलाई कायम गरी बस्नु कोभिड–१९मा मात्र हैन समाजमा देखिने विभिन्न सरुवा रोगबाट बच्ने पनि उत्तम उपाय हो । सरुवा रोगहरु समुदाय, परिवेश, हावापानीमा भर पर्छ । नेपाली सामाजमा धेरै येस्ता सरुवा रोग हामीले जानी नजानी अरुलाई वा अरूबाट आफँलाई सार्छाै । रुघाखोकी, क्षयारोग (टीबी), हेपाटाइटिस, मुखमा आउने विभिन्न किसिमका भाइरल इन्फेक्सनआदि यस्ता रोग धेरै छन् । यी रोगहरुबाट बच्न र बचाउन सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गर्नु उत्तम र सजिलो तरिका हो । यसलाई निरन्तरता दिइएमा समुदाय स्वस्थ राख्न मद्दत मिल्नेछ । यसरी सामाजिक दूरी कायम राख्न कोभिड–१९को महामारीले सकारात्मक बानी पारेको छ ।

५. योग र ध्यान गर्ने 

चिकित्सा क्षेत्रमा योग र ध्यानलाई महत्त्वपूर्णरुपमा हर्न थालिएको छ । विश्व स्वस्थ्य संगठनले केही वर्षअघि स्वास्थ्यको परिभाषा परिवर्तन गरी योग र ध्यानबाट प्राप्त हुने मानसिक स्वस्थ्यलाई मान्यता दिएको छ । अहिले विश्व चिकित्सा क्षेत्रमा योग र ध्यानलाई महत्त्वका साथ अपनाइएको पाइन्छ । मानव शरीर भौतिकरुपमा मात्र हैन मानसिकरुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ । अहिले लकडाउनको समयमा मानिसलाई घरमै बसेर योग र ध्यान गर्ने समय जुरेको छ । योग र ध्यानलाई अहिलेजस्तै आउँदा दिनमा पनि निरन्तरता दिन सके समुदायलाई नै मानसिक रोगबाट जोगाएर स्वस्थ रहन मद्दत मिल्छ ।
कोभिड–१९ को सामना गर्ने क्रममा विकास भएका यी सकारात्मक बानीहरूलाई संस्कार बनाएर निरन्तरता दिऊँ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC