site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समस्यामा परेकालाई धमाधम गाउँ ल्याइँदै
Sarbottam CementSarbottam Cement

सोलुखुम्बु । काठमाडौँ उपत्यकामा रहेका सोलुखुम्बुका १५४ जनाको उद्धार गरिएको छ । विभिन्न स्थानीय तहका ती नागरिकलाई उद्धार गरी शुक्रबार गाउँ पुर्याइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए । उनका अनुसार उनीहरु माप्यदूधकोशी, सोताङ, थुलुङदूधकोशी  र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् । 

यस्तै, यहाँको थुलुङ दूधकोशी गाउँपालिकाले ३०० नागरिकलाई उपत्यकाबाट उद्धार गरेको छ । विभिन्न पेशा व्यवसायका लागि काठमाडौँमा बसेका तर लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई पहिलो चरणमा गाउँसम्म ल्याउने काम गरेको गाउँपालिकाले जनाएको छ । 

शुक्रबार साँझ १० वटा मिनीबसमार्फत उनीहरुलाई गाउँ ल्याएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।  “समस्यामा परेका नागरिकलाई उद्धार गर्न म आफैं काठमाडौं गएको थिएँ ।” उनले टेलिफोनमा भने, “पहिलो चरणमा वडा नं ९, ८, २ र ६ का केही नागरिकको उद्धार गर्दैछौँ, यो स्थानीय सरकारको दायित्व हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

गाउँकार्यपालिका बैठकले स्थानीय तह र सङ्घीय सरकारको नियमलाई पूर्णरुपमा पालना गर्ने सर्तमा गाउँ ल्याउने  निर्णय गरेको थियो । गाउँपालिका फर्कनेले १४ दिनको अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने यदि नबसेको खण्डमा नियमअनुसार कारवाही गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष आफैं काठमाडौं गएर उद्धार गरेको सोलुखुम्बुको लागि पहिलो हो । यस गाउँपालिकामा हालसम्म एक हजारभन्दा बढी नागरिकले उद्धारका लागि निवेदन दिएका छन् भने सयौँको सङ्ख्यामा राहत माग गरेको  अध्यक्ष  राईले जानकारी दिए । 

यहाँको महाँकुलुङ गाउँपालिकाले शनिबार काठमाडौँबाट समस्यामा परेकालाई उद्धार गर्ने भएको छ । गाउँकार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले शनिबारदेखि उद्धार कार्य शुरु गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।  

Global Ime bank

पहिलो दिन चार वटा बसमार्फत १२० जनाको उद्धार गरी गाउँपालिका ल्याउने उनको भनाइ छ । प्रत्येक गाडीमा सेनिटाइजर, सबै यात्रुलाई सर्जिकल मास्क, हातमा लगाउने ग्लोप्सलगायतका सुरक्षा सामग्री गाउँपालिकाले व्यवस्थापन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि आर्चयले जानकारी दिए । 

उनीहरुलाई काठमाडौँमा पनि स्वास्थ्य जाँच गरेर ल्याइने छ भने गाउँपालिका प्रवेश गर्दा पनि अनिवार्य रुपमा स्वास्थ्य जाँच गराइनेछ । साथै उद्धार गरिएका व्यक्ति २१ दिनमा सुरक्षित होम क्वारेन्टाइनमा बस्नुपर्ने र सो समयसम्म सात पटक प्रत्येक तीन÷तीन दिनको फरकमा स्वास्थ्य जाँच गराउनुपर्र्ने सर्त राखिएको छ । उद्धार गरिने सम्पूर्ण नागरिकको गाडी भाडालगायतका व्यवस्थापन गाउँपालिकाले गर्नेछ भने काठमाडौँ घर भएका तथा कर्मचारीहरु गाउँ फर्कन चाहेमा गाउँपालिकाले आवश्यक समन्वय मात्र गर्ने बताइएको छ ।

 गाउँपालिका अध्यक्ष किराँतीका अनुसार सामाजिक सञ्जाल, टेलिफोन तथा अन्य माध्यमबाट कर्मचारी र काठमाडौँमा घर भएका बाहेकका दुई हजार १८२ जना व्यक्ति गाउँ फर्कन चाहेका छन् ।  

जिल्लाको लिखुपिके गाउँपालिकाले ८४ जना मजदुर तथा विद्यार्थीको उद्धार गरेको छ । गाउँपालिकाले वडाले तोकेको क्वारेन्टाइनमा दुई हप्ता बस्ने सर्तमा आफ्ना नागरिकको उद्धार गरेको गाउँपालिका प्रमुख डम्बरबहादुर बस्नेतले जानकारी दिए । वडा नं ५ का ५० जना नागरिकलाई भने गाउँपालिका तथा वडाले तोकेको क्वारेन्टाइनमा बस्ने सर्तमा आइतबार उद्धार गर्ने तयारी भएको उनले बताएका छन् ।  

यस्तै नेचासल्यान गाउपालिकाले विभिन्न पेशा व्यवसाय तथा कामको सिलसिलामा गाउँपालिका बाहिर रहेका नागरिकको उद्धार गर्नुपर्ने नागरिकको विवरण तयार पारेको छ । नेचा सल्यानबाट राजधानीमा अध्ययनको सिलसिलामा रहेका विद्यार्थी, उपचारका लागि गएका बिरामी र उनीहरुका आफन्त, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई विशेष प्राथमिकतामा राखी गाउँपालिकामा ल्याउने पहल शुरु भएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । 
राजधानीबाट उद्धार गर्ने क्रममा एउटा वडाका नागरिकलाई एउटा सवारी साधनमा ल्याउने र गाउँपालिकाले निर्धारण गरेको क्वारेन्टाइनमा व्यवस्थित गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दिएको जानकारीअनुसार ७७१ जनाले उद्धार चाहेका छन् भने ८४ जनाले राहत मागेका छन् । 

वैशाख १० गते जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले आ–आफ्नो स्थानीय तहले समस्यामा परेका नागरिकको उद्धार गरी व्यवस्थापन गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार माप्य दूधकाशी गाउँपालिकाले पनि उद्धार कार्य शुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा बिहीबार राति ९ः३० बजे काठमाडौँबाट चार वटा जीपमार्फत वडा नं १, २, ५ र ७ का ४० जनाभन्दा बढी नागरिकको उद्धार गरेको गाउँपालिकाका उपाअध्यक्ष जुनितामाया मगरले जानकारी दिइन् । 

काठमाडौँबाट गाउँ फर्कनेले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने, बाटोमा अनिवार्य रुपले मास्क तथा स्यानिटाइजर प्रयोग गर्नुपर्ने, काठमाडौँदेखि घर पुगुन्जेल खानाको व्यवस्था आफैँले गर्नुपर्ने र बाटोमा कतै पनि खाने कुरा किनेर खान नपाइनेलगायतका नियम पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले वैशाख १२ गते वडा नं ३, ४ र ६ का नागरिकलाई उद्धार गर्ने जनाएको छ ।

जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि विवरण सङ्कलन गरिरहेको जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC