site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान प्रतिकूलका कुनै पनि अध्यादेश जारी नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले लोकतान्त्रिक संविधान प्रतिकूलका कुनै पनि अध्यादेश जारी नगर्न सरकारलाई सचेत गराएको छ । 

संसदीय दलले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर सरकारलाई लोकतान्त्रिक संविधान प्रतिकूल हुने, संविधानको भावना र मर्मविपरीतका कुनै पनि अध्यादेश जारी नगर्न र भविष्यमा त्यस्ता विधेयकहरू नल्याउन सरकारलाई सचेत गराएको हो । 

“सबै विषयलाई पन्छाएर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावनाविपरीत अध्यादेशहरू जारी गरेको छ । सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दैे घोर भर्त्सना गर्दछ,” प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधानका प्रावधानलाई उल्लंघन गर्दै सरकारले सोमबार जारी गरेका अध्यादेशले संविधानलाई नै चुनौती दिएको दलले ठहर गरेको छ । प्रमुख सचेतक खाणले भनेका छन्, “बदनियतपूर्वक ल्याइएका अध्यादेशहरू तत्काल खोरज गर्न सरकारसमक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।”
विज्ञप्ति :


बैशाख ९, २०७७
प्रेस विज्ञप्ति

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वजगत सँगै नेपाल पनि आक्रान्त रहेको अवस्थामा नेपाल सरकारलेहतारहतार गरी विषम परिस्थितिको फाइदा उठाउँदै “संवैधानिक परिषद (काम, कर्तय, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७”र “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७”  गरी दुई वटा अध्यादेश जारी गरेको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारको हालको प्रमुख कार्य एवं प्राथमिकता भनेको कोरोना भाईस नियन्त्रण, संक्रमण न्यूनिकरण र संक्रमितहरूको उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरणको व्यवस्था गरी परिक्षण एवं उपचार कार्यलाई तीब्रता दिनु हो । त्यसै गरी दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिक मजदुर लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवं खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पिडित नेपालीको उद्दार तथा संरक्षण गर्नु हो । 
तर यी सबै विषयलाई पन्छाएर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरू जारी गरेको छ । सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दैे घोर भत्र्सना गर्दछ । संविधानका प्रावधानलाई उल्लंघन गर्दै जारी भएको अध्यादेशले संविधानलाई नै चुनौति दिएको छ । तसर्थ वदनियतपूर्वक ल्याइएका अध्यादेशहरू तत्काल खोरज गर्न सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै लोकतान्त्रिक संविधान प्रतिकूल, यसका भावना र मर्म विपरितका कुनै पनि अध्यादेश जारी नगर्न र भविष्यमा त्यस्ता विधेयकहरू नल्याउन सरकारलाई सचेत गर्दछ ।
संकटको यस घडी सबै स्वार्थ भन्दा माथि उठेर देश र आमनागरिकको जीवन रक्षाको लागि नेपाल सरकारलाई गतिशिल रहन नेपाली कांग्रेस आग्रह गर्दछ । 
जय नेपाल !
बालकृष्ण खाण
प्रमुख सचेतक


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro