site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यादेश बेमौसमको बाँसुरी : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका दुईवटा अध्यादेशलाई बेमौसमको बाँसुरी भनेको छ । नेपाली जनतालाई भोकमरीबाट जोगाउने बेलामा सत्ताको उन्माद या खेल प्रस्तु गर्नु इतिहासकै दुःखद घटना भएको कांग्रेसको ठहर छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई आपत्तिजनक भनेका छन् ।

उनले यी विधेयक तत्काल फिर्ता लिन मागसमेत गरेका छन् ।

वैशाख ८, २०७७

आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति

कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।

कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।

आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।

नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ ।

जय नेपाल !

शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro