site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
१४ स्थानमा पीसीआरबाट कोरोनाको नमुना परीक्षण
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पीसीआर मेसिन देशका १४ स्थानबाट परीक्षण सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालले यसअघि १३ स्थानबाट परीक्षण हुँदै आएकोमा आजबाट पाटन अस्पतालमा पीसीआर मेसिन जडान गरेको बताए । 

उनले कोरोना भाइरसको द्रुतगतिमा गरिने परीक्षण र्‍यापिड टेस्ट किटबाट ७५ जिल्लामा परीक्षण सुरु गरिसकेको बताए । “यसअघि नै सातै प्रदेशमा ५ हजारको दरले कोभिड परीक्षण गर्ने आरडीटी पठाएकोमा शुक्रबार थप ३० हजार पठाइएको छ,” उनले भने, “र्‍यापिड टेस्टकिट देशभैर हालसम्म ६५ हजारसम्म सातै प्रदेशमा पठाइसकेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एमडी गरिरहका ३४ जना चिकित्सकहरू सुदूरपश्चिम जिल्लामा पठाइएको उनले बताए । उनले भने, “ती चिकित्सकहरूले एक महिना सुदूरपश्चिम जिल्लामा रहेर सेवा दिनेछन् ।”

देशैभरका अस्पतालहरूमा शुक्रबारसम्म आइसोलेसनमा ९० जना भर्ना भएका छन् । जसमा काठमाडौं उपत्यकामा ५ जना र बाहिर ८५ जना उपचाररत छन् । कोरोनाभाइरसको आशंकामा शुक्रबार सम्ममा दुवै आरडीटी र पीसीआर विधिबाट २४ हजार २५२ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Global Ime bank

आजसम्म कोरोना संक्रमितको संख्या १६ जना नै रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

सातै प्रदेशका क्वारेन्टाइनमा चार हजार ६०७ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार गत २४ घण्टामा मन्त्रालयले जारी गरेको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ६३२ जनाको गुनासो सम्बोधन गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC