site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले सार्वजनिक गर्‍यो ‘स्व परीक्षण वेब एप’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोराना भाइरसको ‘स्व–परीक्षण वेब एप’ सार्वजनिक गरेको छ । 

सूचना, संचार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरूको परामर्शमा कोराना भाइरसको ‘स्व–परीक्षण वेब एप’ आज एक वेब एप जारी गरेको छ । पार्टी प्रवक्तासमेत रहेका विभागका संयोजक विश्वप्रकाश शर्माले पार्टीको वेबसाइटमार्फत जारी गरिएको वेब एपबाट घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सकिने बताएका छन् । 

यसले कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उनको भनाइ थियो । 

नागरिक पंक्तिमा कोरोना जोखिमबारेको सचेतना थप अभिवृद्धि गराउने, भौतिक रूपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रूपले ठूलो पंक्तिलाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने उद्देश्यका साथ वेब एप निर्माण गरिएको कांग्रेसले जनाएको छ । 

‘स्व–परीक्षण वेब एप’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro