site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वप्रधानमन्त्रीहरुसँग देउवाले गरे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग मुलुकलाई संकटबाट जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले आइतबार दिउँसो पाँच जना पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्षसँग फोन गरेर संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यबद्ध भएर गम्भीर ढंगले कार्य गर्न अपिल गरेका हुन् । 

उनले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत् आफूले मुलुकको पछिल्लो अवस्थाका बारेमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेको उल्लेख गरेका छन् । 

“आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपिल गरेको छु,” सभापति देउवाले ट्विट गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro