site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्य सामग्री वितरणलाई प्रदेश सरकारले गति दियो 
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ सरकारले अस्पतालहरूलाई स्वास्थ्य सामग्री वितरण गर्ने क्रमलाई गति दिएको छ ।

सम्भावित कोरोना रोग (कोभिड १९) को संक्रमण जोखिम बढेसँगै सरकारले प्रदेशका विभिन्न जिल्लामा अवस्थित अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि सरकारले स्वास्थ्य सामग्री व्यवस्थापन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले प्राप्त गरेका स्वास्थ्य सामग्री वितरणलाई तिव्रता दिइएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । मन्त्रालयका कानुन सचिव भरतमणि रिजालले दिएको जानकारीअनुसार सरकारले प्राप्त गरेका र मौज्दात रहेका स्वास्थ्य सामग्री निकासीलाई गति दिइएको छ । रिजालले भने, ‘‘स्वास्थ्य सामग्री अभाव हुन नदिन सरकार सम्वेदनशील छ ।’’

प्रदेश सरकारले सबैभन्दा धेरै संख्यामा प्राप्त मास्क मौज्दातसमेत नराखी अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई उपलब्ध गराएको छ । सरकारसँग भएको कुल ४२ हजार १ सय थान मास्क निकासी भइसकेको छ । मंगलबारसम्म जम्मा ३२ हजार ९ सय मास्क निकासी भएको थियो । बुधबार ९ हजार २ सय मास्क निकासी भएको छ । 

Global Ime bank

सरकारसँग मंगलबारसम्म जम्मा ५ सय ५३ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सेट प्राप्त भएकोमा जम्मा निकासी ४ सय ६१ भएको छ । यसको मौज्दात अब ९२ थान छ । आईआर थर्मोमिटर २७ रहेकोमा जम्मा निकासी २० र मौज्दात ७ रहेको छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसैगरी एक्जामिनेसन ग्लोब्स ५८ हजार रहेकोमा पुन २२ हजार ५ सय प्राप्त भएको छ । बुधबारसम्म जम्मा ३६ हजार ४ सय २६ निकासी भई अब ४४ हजार ७४ थान मौज्दात रहेको छ । ह्यान्ड सेनिटाइजर एक हजार ८ सय ९४ रहेकोमा बुधबार थप २ सय ४५ प्राप्त भएको छ । यसको जम्मा निकासी एक हजार ६ सय ८५ र मौज्दात ४ सय ५४ छ । पिपिई गाउन एक हजार ८ सय ७१ रहेकामा २५ थान पुन प्राप्ति र निकासी ६ सय ६३ भई मौज्दात एक हजार २ सय ३३ रहन गएको छ । 

यसैगरी नेबुलाइजर प्राप्त भएको ४० थान र मौज्दात पनि त्यति नै, सर्जिकल ग्लोब्स एकसय थान निकासी भई ७ सय थान मौज्दात, शुकभर २५ थान निकासी भई एक हजार एक सय ७५ थान मौज्दात, क्याप ६ सय थान प्राप्त र त्यति नै मौज्दात, सोडियम हाइपोक्लोराइट जार ४ थान प्राप्त भएकै परिमाणमा मौज्दात छ । यसैगरी एन९५ मास्क ४ सय ८० थान प्राप्त भएकोमा जम्मा निकासी २ सय ५८ भई अब मौज्दात २ सय २२ रहेको छ । 

कोरोनाको संक्रमण फैलन नदिन र सचेत रहन सरकारले लगाएको लकडाउन अवधिमा घरबाट बाहिर ननिस्कन प्रदेश सरकारले आह्वान गर्दै आएको छ । व्यक्तिगत स्वास्थ्यमा समेत ध्यान दिन सरकारको आग्रह छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC