site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
महाकालीपारि रहेका नेपालीलाई प्रवेश दिन माग गर्दै सर्वोच्चमा रिट
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतबाट नेपाल फर्किने क्रममा महाकाली नदीपारि रोकिएका नेपालीलाई नेपाल प्रवेशको आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोरोना भाइरसका कारण लकडाउन गरेको नेपाल सरकारले भारतबाट फर्किएका नेपालीलाई महाकालीवारि आउन नदिएपछि सयौं नेपाली सीमापारि अलपत्र परेका छन् । 

रिटमा नेपालभित्र आउन नपाउने गरी भएको निर्णय उत्प्रेषणको आदेशले बदर गरी नेपाली जनतालाई देशका विभिन्न सीमानाकाबाट नेपाल प्रवेशमा कुनै किसिमको रोक नलगाउनु भनी परमादेश माग गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रिट निवेदनको प्रक्रिया पूरा गरी रिटको निर्क्योल गर्न लामो समय लाग्ने भएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९१० बमोजिम अन्तरिम आदेश जारी गरी तत्काल महाकाली क्षेत्रमा रोकिएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न रोक नलगाउनु भनी अन्तरिम आदेश दिन समेत माग गरिएको छ । 

रिटमा कोरोनाको परीक्षण गर्ने, उनीहरुलाई आइसोलेसनमा राख्ने वा क्वारेन्टाइनमा राख्ने एवं कसैलाई संक्रमण भएको पाइएमा उचित उपचार गराउनका लागि पनि आदेश माग गरिएको छ।

Global Ime bank

अधिवक्ता मनीषकुमार श्रेष्ठ, रामदत्त ओझा, मनिराम उपाध्याय, देवीकुमारी जोशी, दीपकराज जोशी र कीर्तिनाथ शर्माले दायर गरेको रिटमा प्रधानमन्‍त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्री, गृहमन्त्रालय, रक्षा मन्त्रालय, र परराष्ट्र मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कैलाली, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई विपक्षी बनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC