मीनराज बसन्त
एकः
केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका जनप्रतिनिधिले छाडा कुकुरलाई व्यवस्थित गर्ने भन्दै धोबी–धुलाइ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । पसलजस्तो देखिने घरको अगाडि उभिएको कुकुरलाई एकजनाले डोरी लगाई नियन्त्रणमा लिन्छन् । र, अर्कोले चिर्पटले मरणासन्न हुने गरी चुट्छन् । बीचमा भाग्न, बाँच्न कुकुर उफ्रिन्छ । तर नियन्त्रणमा परेपछि सक्दैन । लगातारको प्रहारपछि ऊ ढल्छ । ढलेपछि पनि प्रहारको सिलसिला रोकिँदैन । अन्त्यमा मर्यो भन्ठाने पछि उसलाई घिसार्दै लगिन्छ । कुनै फिल्मी दृश्य जस्तो लाग्ने (फिल्ममा पनि यस्तो कहाँ हुन्छ र ?) निर्मम तर यथार्थ घटनाको साक्षी उक्त भिडियो हेरेपछि मेरा आँसु थामिएनन् । अलि कोमल स्वभावको र भावुक जो छु ।
दुईः
‘यो कुकुर होइन, मेरो छोरा हो’ यो कुरा व्यवसायी अमन तामाङले भनेका हुन् । बीबीसी नेपालीसँग भिडियो कुराकानी गर्दै आफ्नो टिबेटन म्यास्टिफ जातको कुकुरबारे उनले यसो भनेका थिए । तीन महिनाको हुँदा चीनबाट मगाउँदा त्यसको मूल्य उतिबेला साढे दुई लाख रुपैयाँ थियो । उक्त कुकुरका लागि खानामा मात्र मासिक ३५ हजारसम्म खर्च हुँदो रहेछ । भ्याक्सिन देखि साबुन–स्याम्पुसम्म बजेट छुट्याउने अमनले म्यास्टिफ आफ्नो परिवार रहेको र उसकालागि पनि आफूले कमाउनु पर्छ भनेको सुन्दा फेरि कुकुरप्रति प्रेम र सम्मान पनि जाग्यो ।
माथिका यी दुवै फरक प्रकृति र सन्दर्भका घटना हुन् । यस्तै घटनाले मलाई हाचिकोको सम्झना गराउँछ । सडक छेउछाउमा जब अपहेलित, घाइते वा मायालु कुकुर देख्छु, त्यतिखेर पनि सम्झना हाचिकोकै आउँछ । सबै कुकुरलाई हाचिकोको सङ्ज्ञा दिन त मिल्दैन, तर प्राकृतिक संरचना एउटै देख्दा त्यसको झल्को आउनु अन्यथा होइन ।
०००
हिजोआज किताब र फिल्म मेरो वुद्धिबिलासका साधन बनिरहेका छन् । तर यीदुवै फरकफरक कुरा हुन्भन्ने कुरामाम सचेत छु । धेरै अर्थमा मलाई फिल्मभन्दा किताब नै प्रिय लाग्छन् । मन पर्छन् । किताबबाट आउने सुबास, त्यसको स्पर्श र किताब पढेर गर्न सकिने कल्पना सायदै फिल्म हेरेर गर्न सकिएला । तर फिल्मले हाम्रो कल्पनाशक्तिको आयतनलाई खुम्चाइरहेको पनि एउटा कोणबाट सत्य हो ।
स्टिफनकिङको भाषामा भन्ने हो किताब र फिल्म भनेका स्याउ र सुन्तला जस्तै हुन् । दुवै फलफूल त हुन्, तर स्वाद बिलकुलै फरक । किङको यो भनाइप्रति मेरो आंशिक सहमति छ ।किनकि स्याउको स्वादका लागि सुन्तला खानु मूर्खतासिवाय अरू केही हुँदैन ।
कहिलेकाहीँ किताबले जस्तै फिल्मले पनि दर्शक भित्र हुटहुटी जगाइदिने काम गर्छ । त्यसका केहीपात्र, चयनित स्थान र दृश्यले दर्शकलाई कतिबेला त्यहाँ पुगूँ भन्ने बनाइदिन्छ । किताबको सन्दर्भमा कुरा गर्दा, त्यहाँका शब्दलाई पाठक आफैंले सेट निर्माण गर्दै, कल्पनागर्दै, पढ्नुपर्ने हुन्छ । अमेरिकी गीत–सङ्गीतकार ट्रेन्ट रेज्नर भन्छन्, ‘‘फिल्मभन्दा किताब नै उत्तम हुन् । किनकि तपाईंले सेटको निर्माण त्यसरी नै गर्नुहुन्छ, जसरी हेर्न चाहनुहुन्छ ।’’
यस्तै क्रममा केहीफिल्म हेरेपछि मलाई तत्तत् स्थानसम्म पुग्ने तीव्र आकाङ्क्षा पलायो । तपाईंहरूलाई पनि यस्तो भएको हुन सक्छ वा हुन्छ होला पनि । उसो त सबै फिल्म हेरेर वा किताब पढेर निर्देशित–लिखित स्थानसम्म पुग्न सम्भव हुँदैन । नहुँदा नहुँदै पनि मन भने पुग्छ । अनि शरीर पुग्न चाहन्छ । जब दुई फिल्म– ‘हाचिको’ र ‘माझी द माउन्टेन म्यान’ हेरेँ त्यसपछि जीवनको कुनै कालखण्डमा क्रमशःहाचिको आफ्नो प्रोफेसरलाई नित्यपर्खिरहने स्टेसन सिबुया, जापान र दशरथ माझीले कडा परिश्रमका साथ हम्मरले चट्टानी पहाड काटेर निकालेको सडक एवम् गाउँ हेर्न बिहारस्थित गेहलौर जाने मन भयो । तीदुई स्थानमा एकपटक पुग्छु भन्ने आफैंसँग सङ्कल्पगरेँ । थाहा छैन, कसरी यस्तो मीठो सपनाको माकुरे जालोमा अल्झिएँ ।
सौभाग्य नै भन्नुपर्छ ! दूरी, खर्च अनिआवत–जावतको हिसाबले नजिक पर्ने गेहलौ र भन्दा पहिले टोकियो, जापान पुगेँ । त्यहाँ पुगेपछि कम्तीमा सिबुयान पुगूँ, यो हुनै सक्दैनथ्यो । बरू विविध कारणले हिरोसिमा–नागासाकी पुग्न सकिनँ । डिज्नी ल्यान्डर स्काई ट्री घुम्न भ्याइनँ । तर हाचिको भेट्न सिबुया पुगेरै छोडेँ ।
रियलहाचीको
सन् १९२३ माओदाते सहर नजिकै अकिता प्रिफेक्चरमा जन्मेको अकिता जातको कुकुर हो, हाचिको । हाचिको अर्थात् एउटा बफादार कुकुर । जापानमा वफादारीको पर्याय बनिसकेको हाचिकोलाई हिदेसाबुरो उएनोले सिबुयास्थित आफ्नो घर ल्याएर पालेका थिए । उनी टोकियोस्थित तत्कालीन इम्पेरियल विश्व–विद्यालयका प्राध्यापक थिए । जब उएनो दैनिक विश्व–विद्यालय जान्थे,हाचिको उनलाई छोड्न सिबुया स्टेसन सम्म पुग्थ्यो । घर फर्किंदा पनि त्यहीँ पुगेर हाचिको आफ्नो मालिकको प्रतीक्षा गरिबस्थ्यो । यसरी उनीहरू सँगै घर फर्किन्थे ।
सन् १९२५ को एक दिन । ब्रेन ह्यामरेज काकारण विश्व–विद्यालयमै उएनोको मृत्यु हुन्छ । बिहान मालिकलाई छोडेको हाचिको दिउँसो लिनउही पुरानो ठाउँ पुग्छ । पर्खिन्छ, पर्खिन्छ तर उएनो फर्केर आउँदैनन् ।
यसबीचमा थुप्रै वसन्त ऋतु बहार बोकेर आउँछन् । थुप्रै शिशिरले उजाडेर लैजान्छन् । हिउँ खस्छ । पानी पर्छ । तर हाचिको भने मालिक फर्कने समयमा स्टेसन पुग्न छोड्दैन । यसरी उसले नौ वर्ष नौ महिना १५ दिन पर्खाइमै गुजार्छ । र, मार्च १९३५ (११वर्षको उमेर) माउसको मृत्यु हुन्छ । धैरेपछि गएर हाचिकोको मालिक प्रतिको प्रेम, बफादारी र विश्वासलाई लिएर १९८७ मा जापानमै फिल्म बन्यो, हाचिको मोनोगातरी (हाचिको किंवदन्ती) । बक्सअफिसमा त्यो वर्षको सर्वाधिक हिट फिल्म । जसलाई काजुयोसी ओकुयामा र ज्युनइचीसिन्दोले मिलेर बनाए । यसमा सेइजिरो कोयामाको निर्देशन थियो ।
फिल्म र फिल्म
सन् २००९ मा रिलिजभएको फिल्महो– हाचीः अ डग्स टेल । सन् १९८७माबनेको ‘हाचिको मोनोगातरी’को अङ्ग्रेजी भर्जन मानिन्छ । जसलाई लेजस हलस्ट्रोमले निर्देशन गरेका छन् । तर जापानीजबाट अङ्ग्रेजीमागएसँगै फिल्ममा केही फरकपनपनि देखिन्छ । (यहाँनेर दुवै फिल्मको कथासारांश लेखेर यो लेख तन्काउनचाहिनँ ।) हामीमध्ये धेरैले ‘हाचीः अ डग्स टेल’ त हेर्यौं होला । तर ओरिजिनल ‘हाचिको मोनोगातरी’ हेरेका छैनौ कि ! मैले पनि जापानबाट फर्केपछि मात्रै हेरेको हुँ । जब यो हेरेँलाग्यो, वास्तविककथानक हेरेकोझैंलाग्यो । जस्तो किजापानिज भर्जनमाअकिताजातिको कुकुर प्रोफेसरलाई उपहारस्वरुप घरमै पु¥याइएको छ भने अङ्ग्रेजी भर्जनमाजाँदाबीच बाटोमा टोकरी खसेर त्यसबाट ऊ निस्केर भागेको छ । यस्तै दुवै फिल्मको कथा उठान र बैठान पनिअलगअलगतरिकाले गरिएको छ । यीबाहेक धेरैकुरा रिमेक गरिएको फिल्ममा छुटेको महसुस हुन्छ ।
सिबुया स्टेसन
मृत्युपछि हाचिकोको प्रशंसा चारैतर्फ फैलियो । मृत्युपूर्व पनि, प्रोफेसरलाई कुरिरहेको बेला ‘आसाहीसिम्बुन’नामकपत्रिकामा ऊ छापियो । उसबारे सुनेर त्यहाँका स्थानीयले पैसा जम्मा गरे । र, सिबुया स्टेसन बाहिर स्ट्याचु बनाए । तर दोस्रो विश्व युद्धको समयमात्यो छिन्नभिन्न भयो । त्यसपछि सन् १९४८ मा फेरि त्यसको पुनःनिर्माण भयो । आजसिबुयाहाचिकोको सम्झनालाई जोगाइराख्ने ठाउँ मात्रै होइनपर्यटकीय स्थलपनिबनेको छ । यस्तै प्रत्येक वर्ष मार्च ८ कादिन ‘च्युकेन हाचिको मातसुरी’ समारोह हुँदोरहेछ । हाचिकोप्रति सम्मानव्यक्तगर्दै जीवन्त प्रेम, अटुट विश्वास र जीवनभरको साथकालागिकसमपनिखाइने कुरा त्यहीँपुगेर थाहाभयो ।
०००
फराकिलो ठाउँ । अर्ध चन्द्राकारमा सामूहिक रुपमा बस्ने कुर्सी । वरिपरि साकुराका वृक्षहरू । र, बीचमा मस्टो आकारमा ठडिएको एउटा उँचो चौको । त्यसैमाथि पछाडिका दुई खुट्टामारी अगाडिका दुई खुट्टा टेकेर उभिएको छ हाचिको याने किउसको स्ट्याचु । हेर्दा आँखा चिम्लिए जस्तो लाग्ने । बोलाउँदा बोल्छ जस्तो पनि । रङमा स्वर्ण–खैरो । त्यसकै तल जापानी भाषामा लेखिएको छ– च्युकेन हाचिको । अर्थात् बफादार कुकुर, हाचिको । यो दृश्य सिबुया स्टेसन बाहिरको हो ।
अप्रिल अन्तिम साता म सिबुया पुग्दा हिउँ परिरहेको थिएन । बरू चरक्क चर्किएको थियो घाम । न त्यहाँ फिल्ममा देखिएको जस्तो हाचिको बस्ने गोलो चौतारी थियो न त्यो पुरानो संरचना । पछि पो थाहा पाएँ उक्त फिल्म वुनसकेट रोड–आइल्यान्डमा छायाङ्कन भएको रहेछ । सिबुयामा खोजेर के पाइन्थ्यो र ? तर पनि सिबुयाका रेल–पटरी देख्दा हिउँले ढपक्क ढाकिएको सम्झिएँ । रोकिएका रेल देख्दाकतै त्यसको मुनिहाचिको लुकेको छ किभन्ने पनिलाग्यो । किन कि फिल्ममा त्यही दृश्य बढी जीवन्त देखाइएको छ ।
त्यसै त जापान व्यस्त देश । व्यस्त मान्छे र तिनैका कारण अति व्यस्त बनिरहेका हरेक स्टेसन । गोल्डेन विक चलिरहेकोले गर्दा पनि होला, भीडभाड झेलि नसक्नुको थियो । त्यही भीड छिचोलेर हाचिकोको स्ट्याचु अगाडि उभिएँ । र, एउटा फोटो खिचाएँ । मेरा लागि यो स्वर्णिम पलथियो जीवनको । अनि साथीरूसँग फर्किएँ ।
तर हाचीको भने आफ्नो मालिकलाई अझै पनि पर्खिरहेकै छ ।