site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पञ्‍जाबमा कोरोनाबाट मृत्यु भएका वृद्धले २३ जनालाई संक्रमित बनाएको दाबी
Sarbottam CementSarbottam Cement

पञ्‍जाब । भारतको पञ्‍जाबमा नोभेल कोरोना भाइरसबाट ज्यान गुमाएका एक ७० वर्षीय वृद्धले २३ जनालाई संक्रमित बनाएको बताइएको छ । मार्च १८ मा मृत्यु भएका ती वृद्धले मृत्युअघि कम्तीमा २३ जनालाई कोरोना संक्रमण गराएको हुनसक्ने भारतीय सञ्‍चारमाध्यम एनडीटिभीले जनाएको छ । 

पञ्‍जाबमा हाल ३३ जना कोरोना संक्रमित फेला परेका छन् । गुरुद्वाराका पुजारीसमेत रहेका ती वृद्ध दुई सातादेखि जर्मनी र इटालीबाट दुईजना साथीसहित फर्किएका थिए । उनी जर्मन र इटाली भ्रमणबाट फर्किएपछि सेल्फ-क्‍वारेन्टाइनमा बस्‍न अस्वीकार गर्दै विभिन्‍न स्थानमा मानिसहरुलाई भेटेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी मार्च ६ मा दिल्ली पुगेका थिए भने त्यहीबाट पञ्‍जाब आएका थिए । भारतीय अधिकारीहरुले उनले भेटेका मानिसहरुलाई खोज्‍ने काम जारी राखेका छन् । उनी मार्च ८-१० सम्म आनन्दपुर साहिबमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । त्यहाँबाट उनी शाहीद भगवत सिंह नगर जिल्लामा फर्किएका थिए । 

उनले कोरोना परीक्षणबाट पोजेटिभ देखिनुअघि करिब १०० जनालाई भेटेका थिए ।  उनी र उनका दुई अन्य साथीहरुले करिब १५ गाउँ भ्रमण गरेको हुनसक्ने बताइएको छ । 

Global Ime bank

उनका परिवारका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनका नाति र नातिले पनि कयौं मानिसलाई भेटेका थिए । 

अधिकारीहरुले गाउँ-गाउँ गएर संक्रमितले भेटेका मानिसहरुको खोजी गरिरहेका छन् । तीनजना मानिसको लापरबाहीका कारण अन्य कयौं मानिसहरु संक्रमित हुनसक्ने अनुमान गरिएको छ । 

भारतमा हालसम्म करिक २० जनाको मृत्यु भइसकेको छ भने ७०० भन्दा बढी संक्रमित भएका छन् । - एनडीटिभी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC