site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भोलिदेखि आधा सिलिन्डर मात्रै ग्यास पाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बजारमा भोलिदेखि आधा सिलिन्डर ग्यास उपलब्ध हुने भएको छ । कोरोना भाइरसका कारण आपूर्ति बिथोलिएर ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ७.१ केजी ग्यास भरेको सिलिन्डर उपलब्ध गराउन लागिएको हो ।

नेपाल आयल निगमले एलपी ग्यास उद्योगीहरूलाई आधा भरिएको सिलिन्डर बजारमा उपलब्ध गराउन निर्देशन दिएको हो । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निगमबाट यस्तो निर्देशन आएको पुष्टि गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

यही विषयमा बिहीबार मन्त्रालयले ग्यास उद्योगीलाई छलफलका लागि बोलाएको छ । आधा ग्यास उपलब्ध गराउने विषयमा ग्यास उद्योगी पनि सकारात्मक देखिएका छन् । भण्डारीले बाह्रखरीसँग भने, “राज्यले ग्यासको सहज उपलब्धताका लागि दिएको यो निर्देशन स्वागतयोग्य छ । हामीले राज्यले भनेको मान्नैपर्छ र यस्तो अवस्थामा मान्ने प्रतिबद्धता गर्दछौं ।” उद्योगीले राज्यलाई साथ दिए आपूर्ति सहज हुने उनको भनाइ छ ।

भण्डारीले भोलिदेखि नै आधा भरिएको सिलिन्डर उपलब्ध गराउन आफूहरू तयार भएको पनि बताए । उनले भने, “आजको छलफलपछि हामीसँग उपलब्ध ग्यासले आजै रातिसम्म ग्यास सिलिन्डर आधा भर्न सक्नेछौं । यसको अर्थ भोलिदेखि नै बजारमा आधा भरिएका सिलिन्डर उपलब्ध गराउन सकिन्छ ।”

Global Ime bank

यसअघि नाकाबन्दीका बेलामा आधा भरिएको ग्यास सिलिन्डर बजारमा उपलब्ध गराइएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC