site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतको उत्तरप्रदेशमा मार्च २७ सम्म लकडाउन
Sarbottam CementSarbottam Cement

लखनउ । भारतको सबभन्दा बढी जनसंख्या भएको राज्य उत्तरप्रदेशमा मार्च २७ सम्मका लागि पूर्ण लकडाउनको घोषणा गरिएको छ । 

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार मार्च २७ सम्मका लागि लकडाउन घोषणा गरेका हुन् । सोमबारसम्म विभिन्‍न ७५ जिल्लामध्ये १७ जिल्लामा मात्र लकडाउन घोषणा गरिएको थियो । अन्तर-राज्य सीमा र नेपाल-भारत सीमानाका बन्द गरिनुका साथै बस सेवा पनि बन्द गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अत्यावश्यक वस्तुहरु पाइने स्थानहरु भने खुला रहने जनाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले डिस्ट्रिक्ट मजिस्ट्रेटसँगको भिडियो सम्मेलनका क्रममा भने, "यो सावधानीको अभ्यास राज्यका २३ करोड र सिंगो भारतका १३० करोड जनताको स्वास्थय सुरक्षाका लागि थालिएको हो ।" 

यसैक्रममा राज्यका करिब २० लाख मजदुरहरुलाई दैनिक एक हजारका दरले डाइरेक्ट बेनिफिट ट्रान्सफरमार्फत उपलब्ध गराइने समेत घोषणा गरिएको छ । त्यसैगरी करिब १५ लाख मजुदरहरु रिक्साचालक, सामान ढुवानी गर्नेलगायतलाई पनि दैनिक एक हजार उपलब्ध गराइने बताइएको छ । त्यसैगरी एक करोड ६५ लाख परिवारलाई २० केजी गहुँ र १५ केजी चामल उपलब्ध गराइनेसमेत बताइएको छ । 

Global Ime bank

उत्तरप्रदेशमा मंगलबारसम्म ३४  कोरोना संक्रमितहरु फेला परेका छन् । उक्त राज्यमा अहिलेसम्म कसैको मृत्यु भएको खबर छैन । - इकोनमिक टाइम्स 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement