site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वदेशी विमान ग्राउन्डेड गरिँदै, कर्मचारीलाई बेतलबी बिदामा बस्न प्रोत्साहन

काठमाडौं । वायुसेवा सञ्चालक संघले स्वदेशी विमानहरु ग्राउन्डेड गर्ने निर्णय गरेको छ । कोरोना भाइरसका कारण अहिले भएका विमानको संख्याअनुसार माग नहुने अवस्थामा सबै वायुसेवा कम्पनीहरुले क्रमिक रुपमा आफ्नो जहाजहरु भुमिस्थ गर्ने निर्णय गरेको संघले जनाएको छ ।

संघले आफ्ना कर्मचारीहरुलाई बेतलबी बिदामा बस्न प्रोत्साहित गर्ने र सेवा सुविधा कटौती गर्ने निर्णय पनि गरेको छ । संघको विहिबार बसेको बैठकले खर्चमा मितव्ययीता अपनाउने निर्णय पनि गरेको हो । 

विश्व बजारसहित नेपालमा पनि आन्तरिक हवाई उडानमा ४ अर्व भन्दा माथि आम्दानी कम हुन सक्ने प्रारम्भिक अनुमान रहेको भन्दै संघले विभिन्न सहुलियत दिने व्यवस्था गर्न माग पनि गरेको छ । सन्‌ २०२० को दुई महिनामा आन्तरिक हवाई यात्रामा विदेशी पर्यटकहरुको संख्या करिव ४० प्रतिशतले घटेको तथ्याकले देखाएको भन्दै संघले बुकिङ्ग पनि धमाधम रद्द हुँदै आएको र यो क्रम  बढेर जाने देखिएको जनाएको छ । 

सहजरुपमा नेपाल भित्र स्वदेशी तथा विदेशी पर्यटकहरु आवत जावत गर्न सक्ने स्थिति देखिँदैन । यसले कम्तिमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको संघले जनाएको छ ।

व्यवसायलाई बचाइराख्न संघले वायुसेवा प्रदायकहरुले बैंकहरुलाई तिनुपर्ने व्याजलाई नेपाल राष्ट्र बैंकमार्फत रिफाइनान्सको सुविधा मिलाउनु पर्ने, वायुसेवा प्रदायकहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अमेरिकी डलर÷नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनरतालिकिकरण र पुनसंरचनाको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

यस्तै ऋण रकमको व्याज समेत साबामा गाभ्ने व्यवस्था मिलाउनु पर्ने, साथै अमेरिकी डलरमा लिईएको ऋण रकमको साँवा र व्याजलाई नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउनु पर्ने, हवाई इन्धनमा सरकारले लगाउदै आएको मूल्यअभिबृद्धि कर हटाउने र नेपालमा संसारकै महँगो मध्ये पर्ने हवाई इन्धनको कम्तिमा तीस प्रतिशत घटाउनुपर्ने, वायुयानहरुको विमा शुल्कमा लाग्दै आएको मू.अ.कर मा पूर्ण छुट दिई विदेशी पूनर्विमा कम्पनीहरुले स्वीकारेको अवस्थामा विदेशी पूनर्विमा कम्पनीहरुले दिएको क्रेडिट पिरियड अनुसार विमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था हुनु पर्ने, नेपाल आयल निगमले माग्दै आएको नगद धरौटीको सट्टा बैक ग्यारेण्टीलाई मान्यता प्रदान गरी कम्तिमा एक महिनाको क्रेडिट पिरियड पछि भुक्तानी लिने व्यवस्था हुनुपर्ने, इन्जिन लगायत वायुयानका केही सिमित पाटपुर्जाहरुमा दिईदै आएको मू।अ।कर छुट वायुयानका सम्पूर्ण पाटपुर्जामा समेत उपलब्ध हुनुपर्ने तथा वायुयानको अवतरण, विसान तथा एयर नेभिगेशन शुल्कमा वर्ष २०२० भरि शतप्रतिशत छुट दिनुपर्ने माग सरकारसँग बुझाइसकेको छ ।

कोरोना भाइरसका कारण विश्वभरको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले यसको प्रत्यक्ष प्रतिकुल प्रभाव हवाई क्षेत्रमा देखिएको छ । आइटाले हवाई क्षेत्रमा मात्रै २९ अर्ब डलर को नोक्सान हुने प्रारम्भिक अनुमान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro