site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाजिर गर्दै ‘टाप’ कस्दै सांसद, गणपूरक नपुग्दा छलफल प्रभावित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, ०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल भयो । राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर यो विधेयक प्रतिनिधिसभामा आएको हो । 

सांसदहरूले छलफलका क्रममा आ–आफ्नो धारणा राखे । लगत्तै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि भन्दै संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमा आएका सुझाव समेट्ने बताइन् । सभामुख अग्नि सापकोटाले छलफल सकिएको भन्दै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरे । 

तर, कांग्रेस सांसद देवीप्रसाद तिमल्सिनाले बीचैमा उठेर संविधानको धारा ९४ आकर्षित होस् भन्दै सभामुखको ध्यानाकर्षण गराए । धारा ९४ मा कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एकचौथाइ सदस्य संख्या उपस्थित हुनुपर्ने व्यवस्था छ । सो संख्या नपुग्ने भन्दै सांसद तिमल्सिनाले कुरा उठाएपछि सभामुख सापकोटाले ३ मिनेट घण्टी बजाएर गणपूरक एकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए । प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक ६९ हुनुपर्नेमा ५८ जना मात्र भएपछि गणपूरक नपुगेपछि संसद बैठकै स्थगित भयो । बैठक फागुन १८ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि गत मंगलबार बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, ०७६ पनि गणपूरक संख्या नपुग्दा निर्णयार्थ पेस हुन सकेन । सांसद अतहर कमाल मुसलमानले गणपूरक नपुग्ने भन्दै प्रश्न उठाएका थिए ।  यी त केही उदाहरण मात्र हुन् । संसदमा पटक–पटक गणपूरक नपुग्ने क्रम दोहोरिइरहेको छ । 

हाजिर गरेर टाप कस्दा समस्या 
बैठक सुरु हुँदा प्रतिनिधिसभा बैठक कक्षमा सांसदहरूको राम्रै उपस्थिति देखिन्छ । हाजिर गर्ने र केहीबेर बसेपछि सांसदहरू बाहिरिने क्रम सुरु हुन्छ । 

Global Ime bank

संसदमा हुने महत्त्वपूर्ण छलफल र पेस हुने विधेयकमाथिको छलफलमा धेरै सांसदहरू त सहभागी नै हुँदैनन् । संसदमा निर्वाचित भएर गएको लामो समयसम्म पनि एकपटक नबोल्ने सांसदहरू पनि रहेको संसद सचिवालय स्रोत बताउँछ । महत्त्वपूर्ण विधेयकहरू निर्णयार्थ पेस हुने बेलामा भने गणपूरक नै नपुग्ने अवस्था आउने गरेको छ । 

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे संसद बैठकमा गणपूरक गणना नहुँदासम्म पूरै रहेको मानिने बताउँछन् । गणपूरक नपुगेका बैठक स्वतः स्थगित हुन्छ । “सांसदज्यूहरूले कामविशेषले दायाँबायाँ गर्न पाउने हुन्छ । घण्टी बजेपछि मतदानको प्रक्रिया सुरु हुन्छ । त्यही भएर कहिलेकाहीँ नपुग्ने हुनसक्छ,” उनले भने । 

सांसदहरूमाथि संसदमा हुने छलफलमा ध्यान नदिएको आरोपसमेत लाग्दै आएको छ । “विभिन्न विधेयकमा मान्छेको चासो हुनु स्वभाविक हो । छलफल पर्याप्त हुन जरुरी छ,” उनले भने, “अब आउने दिनमा अलि सतर्क हुनुहोला कि । त्यो हिसाबले हेर्नुपर्छ ।”

कतिपय विधेयकमा भएका संविधानविपरीतका विषयमा सडकमा कुरा उठेपछि बल्ल सांसदहरूले थाहा पाउने गरेको भन्दै आलोचना भइरहेका बेला महत्त्वपूर्ण विधेयकमाथिको छलफलै गणपूरक नपुग्ने अवस्था आउनु लज्जाको विषय भएको भन्दै विश्लेषकहरूले सांसदको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement