site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१० जनालाई नइ पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका १० जना व्यक्तिलाई २०७६ सालको पुरस्कार दिने गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले चिकित्सा क्षेत्रका   डा. गौरीशङकरलाल दासलाई àनइ भावि पुरस्कार’, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर शङ्करनाथ रिमाललाई  ‘नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र अभिनय मार्फत नेपालीको प्रतिष्ठा बढाएवापत मनिषा कोइरालालाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी जनचेतनाका लागि हास्यव्यङ्यमार्फत देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत मदनकृष्ण श्रेष्ठ तथा हरिवङ्श आचार्य (मह जोडी) लाई  ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, आधुनिक मोतीराम भट्टका रूपमा प्रसिद्ध झापाका चूडामणि रेग्मीलाई ‘नइ भाजप पुरस्कार’, हिन्दूधर्म र संस्कृतिका अभियन्ता, लेखक तथा चिन्तक प्रा.डा.सोमप्रसाद खतिवडालाई ‘नइ चन्द्रधन पुरस्कार’, सुप्रसिद्ध सङ्गीतकार, गायक तथा गीतकार प्रा. दीपक जङ्गमलाई ‘नइ कोइलीदेवी पुरस्कार’ र अमेरिकामा रहेर सङ्गठनात्मक तथा सिर्जनात्मक रूपमा नेपाली भाषासाहित्यमा समर्पित गीता खत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिने निर्णय भएको छ ।  

सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन् ।

Global Ime bank

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो । 

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उनीबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नर्इं पुस्कारहरु वितरण गरिने नइ प्रकाशन बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !