site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटकद्वारा अमेरिकी कानुनविरुद्ध मुद्दा दायर, भन्यो– स्वामित्वबारे हुकुम जारी गर्न मिल्दैन

वासिंटन । टिकटकले हालै अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै मंगलबार एक अमेरिकी अदालतमा मुद्दा दर्ता गराएको छ । अमेरिकाले हालै टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने नत्र अमेरिकामा बन्द गरिने कानुन ल्याएको थियो ।

सो कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी नयाँ कानुन स्वतन्त्र अभिव्यक्तिमाथिको  असाधारण घुसपैठ भएको र यसका प्रयोगकर्ता १७० मिलियन अमेरिकीलाई पनि असर गरेको जनाएको छ ।

गएको अप्रिल महिनामा राष्ट्रपति जो वाइडेनले राष्ट्रिय सुरक्षामा चासो देखाउँदै सोसम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए । टिकटकको प्यारेन्ट कम्पनी बाइट डान्सले टिकटक बेच्ने कुनै योजना नभएको यसअघि जनाएको थियो ।

डीसी सर्किट कोर्ट अफ अपिल्समा मंगलबार दर्ता गरिएको मुद्दामा टिकटकले यसको बिक्रीको आवश्यकता प्राविधिक, कानुनी र व्यापारिक हिसाबले पूरा हुन नसक्ने जनाउँदै कानुनले दिएको २७० दिनको म्याद पनि पर्याप्त नभएको जनाएको छ ।

टिकटकले आफ्नो व्यापार प्रष्ट भएको र सरकारले निजी रूपमा सिर्जना गरिएको स्पीच फोरमको स्वामित्वको बारेमा  हुकुम जारी गर्न  नसक्ने जनाएको छ । टिकटकले अमेरिकी चासो सम्बोधन गर्नका लागि आफूले दुई बिलियन डलरभन्दा बढी रकम खर्च गरेको समेत स्मरण गराएको छ । बीबीसी

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro