site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जन्म–मृत्यु रहस्य’ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । कृपालुजी महाराजका नेपाली प्रचारक स्वामी हरिदासजीद्वारा दिइएको जीवन, मृत्युको रहस्य विषयक प्रवचनलाई समेटेर तयार गरिएको पुस्तक ‘जीवन–मृत्यु रहस्य’को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक समारोहका बीच लोकार्पण गरे । 

काठमाडौंमा शुक्रबार राधा माधव समिति, नेपालले आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै कुलपति उप्रेतीले यस्ता आध्यात्मिक पुस्तकहरूले जीवनलाई सार्थक बनाउन मद्दत गर्ने कुरामा जोड दिए । जीवनको रहस्य र तत्व बुझ्न र चिन्न, यस्ता चिन्तनयुक्त किताबहरूले मानिसलाई हमेशा सहयोग गर्ने उप्रेतीको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सुरेशप्रकाश आचार्यले पुस्तक स्वामी हरिदासजीको विचारहरूको संगालो भएको बताउँदै प्रस्तुत ग्रन्थ स्वामी हरिदासजीले कास्कीको लेखनाथमा दिएको प्रवचनमालाको लिखित रुप भएको बताए ।

राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष गोपालप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३ नम्बर प्रदेश सदस्य नरोत्तम बैद्य, पूर्वमन्त्री दिनबन्धु अर्याल, शान्तिलक्ष्मी शाक्यलगायत राधा माधव समितिसँग आवद्ध अनुयायीहरुको उपस्थिति थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC