site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा
SkywellSkywell

इराक । अमेरिकी सेना फिर्ता जानुपर्ने माग गर्दै हजारौं मानिस शुक्रबार राजधानी बगदादमा विरोध र्‍यालीमा उत्रिएका छन् । शक्तिशाली सिया धर्मगुरु मुक्ताडा अल-सरदारको आह्वानमा उक्त र्‍याली निकालिएको हो । उनले यसलाई 'मिलियन म्यान मार्च' नाम दिएका थिए । 

इराकमा परिवारका वृद्धदेखि बच्चासम्म उपस्थित र्‍यालीमा इराकी झण्डासहित 'नो, नो टु अमेरिका' र 'नो, नो टु अकुपेसन' (पेसा) लेखिएका ब्यानरसमेत देखाइएका थिए । उक्त र्‍यालीमा कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो भने अमेरिकी दूतावास भएको ग्रिन जोन क्षेत्रमासमेत विशेष सुरक्षा सतर्कता अपनाइएको थियो । 

Dabur Nepal
NIC Asia

अमेरिकाले इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानी र इरानी सहयोग भएका इराकी सैन्य कमान्डर अबु महदी अल-मुहान्दिसको ड्रोन आक्रमण गरी हत्या गरेपछि इरानले धेरैपटक ग्रिन जोन क्षेत्रमा रकेट आक्रमण गरेको थियो । 

२ जनवरीमा कासिम सुलेमानीको हत्यापछि अहिले इराकमा रहेका अमेरिकी सेना फिर्ताको माग गर्दै बृहत् विरोध प्रदर्शन गरिएको हो । अमेरिकी सेना इराकमा बस्‍नु उसको सार्वभौम अधिकार विपरीत भएको भन्दै आलोचनासमेत भइरहेको छ । हाल करिब ५ हजार अमेरिकी सेना इराकमा छन् ।

इराकको संसदले पनि अमेरिकी सेनालाई फिर्ता गर्ने प्रस्ताव पारित गरेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी सेना इराकबाट फिर्ता नहुने संकेत गरेका छन् । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu