site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दीपक मनाङेविरुद्ध उजुरी दिने मिलन ठगी आरोपमा पक्राउ
Ghorahi CementGhorahi Cement

पोखरा । 'बाउन्स चेक' दिएको आरोपमा जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका हुन् । गुरुङले होटेल जोस्टेललाई दुई लाख रुपैयाँको रित्तो चेक दिएका थिए  । 

होटेल सञ्‍चालक हरिभक्त आचार्यले दिएको ठगीको उजुरीमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । मिलनले गएको असोज १३ गते चेक दिएका थिए ।

Agni Group

गत असोजमा सम्पन्‍न साग खेलमध्ये नेपाली फुटबल टिमका खेलाडीदेखि प्रशिक्षक, व्यवस्थापक सबै सोही होटेलमा बसेका थिए ।

“बाउन्स चेक हो, चेक लिएर बैंकमा जाँदा पैसा रहेनछ, मैले कुरिराखेँ, साह्रै नै भयो, ६ महिना हुन लागिसक्यो, २ लाखको चेक हो, ७-८ हजार अझ छुट्टै छ । फोन गर्दा २-३ पटकसम्म म आउँछु पनि भन्यो तर आएन, अहिले सम्पर्कमा पनि छैन,त्यसपछि उजुरी दिन बाध्य भएँ” उनले भने ।

Global Ime bank

यस्तै गुरुङविरुद्ध गएको आइतबार पोखरा क्रिएटिभ अवार्डका सञ्‍चालकले पनि हातपात गरेको भन्दै सीसीटिभी फुटेजसहित उजुरी दिएका थिए ।

यसबाहेक गुरुङले साग गेममा प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो । यस्तै, सोही खेलमा नै स्वयंसेवकहरूलाई अपशब्द प्रयोग गरेपछि वादविवादको स्थिति समेत सार्वजनिक भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC