site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा–राजपा गठबन्धनको जित
Siddhartha BankSiddhartha Bank

जनकपुर । चार महिना अघि नेकपाले देशैभर दीपवली गरेर संविधान दिवस मनाइरहँदा तराई मधेसमा कालो दिवस मनाइँदै थियो । संघीय सरकारको सहयात्री र प्रदेश २ सरकारको नेतृत्व गरेको आधारमा समाजवादी पार्टीले न दीपावली न विरोध मनाउने निर्णय गर्‍यो ।

राजपाका प्रदेश मन्त्रीसमेत नेताहरूले कालो दिवस मनाए, संघीय सरकारको नेतृत्व गर्ने नेकपालाई सत्तोसराप गरे । प्रदेश सरकारको सेवा सुविधा पनि लिने र पदमा पुग्ने आधारको रूपमा रहेको संविधानलाई गाली पनि गर्ने दोहोरो चरित्र भन्दै नेकपाका नेताहरूले पनि राजपाका नेतृत्वको कडा आलोचना गरे । 

चौथो संविधान दिवसको दिन राजनीतिक विरोधको लागि आमुने सामुने देखिएका नेकपा र राजपामा पछिल्लो चार महिनामै एक अर्काप्रति समर्पण भावनाको विकास भएको छ । यसै परिवेशमा बिहीबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा पनि नेकपा–राजपा एकजुट भएर एक अर्कालाई सहयोग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश २ को प्रतिनिधित्व गर्ने चार पद खाली भएकोमा दुवै पार्टीले दुई–दुई सिटमा मिलेरै उम्मेदवारी दिएको थियो । गठबन्धन जित्यो पनि ।

चुनावी परिणाम सार्वजनिक भएपछि नेकपा तथा राजपाका नेता तथा कार्यकर्ताहरूले दुवै पार्टीको पक्षमा नारावाजी गर्दै अब उपरान्त प्रदेशमा भाइ–भाइको रूपमा स्थापित हुने वक्तव्य साटासाट गरिरहेका थिए ।

Global Ime bank

अन्तिम परिणाम सार्वजनिक भए लगत्तै राजपाको तर्फबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री रहेकी डिम्पल झाले नेकपा तर्फबाट निर्वाचित दाहाल र पासवानलाई प्रदेश सरकारको तर्फबाट बधाई भन्दै माला र अबीर लगाइदिएकी थिइन् । प्रदेश २ मा नेकपा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ । 

कसको मत कति ?
१०७ प्रदेश सांसद र २७२ स्थानीय तहका प्रतिनिधिगरी ३७९ मतदाता रहेकोमा शतप्रतिशतले मतदान गरेका छन् । चुनावी परिणाम अनुसार अल्पसंख्यक तर्फ राजपका शेखरकुमार सिंहले कांग्रेसका भोला पजियारलाई ९९० मतान्तरले पराजित गरे । सिंहले प्रदेश सांसदतर्फ ५८ जनाको मत प्राप्त गरे भने पजियारले जम्मा ४९ जनाको ।

स्थानीय प्रतिनिधितर्फ सिंहको पक्षमा १५१ तथा पजियारको पक्षमा १२० जनाले मतदान गरे भने एकजनाको मत बदर हुनपुग्यो । मतभारको हिसाबले सिंहलाई ५ हजार ५०२ तथा पजियारलाई ४ हजार ५१२ मत प्राप्त भएको छ । 

अन्यतर्फ राजपाकै मृगेन्द्रसिंह यादवले समाजवादी पार्टीको तर्फबाट विपक्षीको रुपमा उठेका आफ्नै भाइ अनिरुद्धसिंह यादवलाई पराजित गरे । दाजु मृगेन्द्रले ५ हजार ४०० र भाइ अनिरुद्धले ४ हजार ५१२ मत पाए ।

राजपाका मृगेन्द्रलाई ५७ सांसद तथा १४८ स्थानीय प्रतिनिधिले मतदान गरेका छन् भने समाजवादी पार्टीका अनिरुद्धलाई ४९ सांसद र १२० स्थानीय प्रतिनिधिले मत दिएका छन् । 

महिला र दलित तर्फ नेकपाका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ तुलसा दाहालले कांग्रेसकी नागिना यादवलाई र दलिततर्फ राधेश्याम पासवानले समाजवादी पार्टीका रामपृत पासवानलाई हराएका छन् ।

रामपृत राष्ट्रियसभाका वर्तमान सदस्य हुन् । कांग्रेसकी नागिनाले ५० सांसद तथा १३० स्थानीय प्रतिनिधिको मत पाइन् भने तुलसालाई ५७ सांसद र १४० स्थानीय प्रतिनिधिको मत प्राप्त भयो । त्यस्तै, नेकपाका राधेश्याम पासवानले ५७ सांसद र १४२ स्थानीय प्रतिनिधिको मत पाए ।

उनका प्रतिद्वन्द्वी रामपृत पासवानले ५० सांसद तथा १२८ स्थानीय प्रतिनिधिको मत प्राप्त गरे । 

चुनावी परिणाम केलाउँदा गठबन्धनमा आबद्ध दलका मतदाताले पार्टीको लाइन अनुसारै मतदान गरेको देखिन्छ । राजपाले आन्दोलनको बेला प्रमुख प्रतिपक्षीका रूपमा रहेको नेकपाका उम्मेदवारलाई इमान्दारीपूर्वक सघाउन नसक्ने हल्ला गलत सावित भएको छ ।

राजपाका उम्मेदवारले ‘क्रसभोटिङ’ गर्न सक्ने आशंका भएपछि पार्टी नेतृत्वले प्रदेश सांसद तथा स्थानीय प्रतिनिधिसमेत सबै मतदातालाई विपक्षी उम्मेदवारले भेट्न नपाउनेगरी दुई दिनसम्म बर्दिबासको होटलमा राखेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय