देश
काठमाडौं । सरकारले तेह्रथुमका कम्युनिष्ट कार्यकर्ता नेत्रप्रसाद गुरागाईंलाई राष्ट्रिय सहिद घोषणा गरेको छ । बिहीबार आयोजित सरकारको नियमति पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुरागाईंलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिएका हुन् । हत्या भएको ५७ वर्षपछि उनलाई सहिद घोषणा गरिएको हो ।
“तेह्रथुममा कम्युनिष्ट पार्टीको सदस्यका रुपमा गतिविधि सञ्चालन गर्दा २०१९ साल कात्तिक २९ मा पक्राउ परेका उनलाई प्रहरीले गोली हानी हत्या गरेको थियो । गुरागाईंको योगदानको कदर गर्दै राष्ट्रिय सहिद घोषणा गरिएको छ ,” बाँस्कोटाले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६ १६:१०
प्रतिक्रिया दिनुहोस्