काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पाएको छ । योसँगै माछापुच्छ्रेले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको अनुमति पाएको हो ।
अनुमतिपछि माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको हो ।
चुक्तापुँजी २० करोड रहेको यस माछापुच्छे« क्यापिटलले ती सेवा प्रदान गर्न सम्पूर्ण तयारी गरिसकेको क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए ।
यस संस्थाले निक्षेप सदस्यका रूपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फन्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्विटीलगायत सेवा प्रदान गर्नेसमेत जनाएको छ ।