site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानमा वर्षा र हिमपहिरो : मृत्यु हुनेको संख्या ९८ पुग्यो 
Siddhartha BankSiddhartha Bank

इस्लामावाद । पाकिस्तानमा चार दिनदेखिको वर्षा, हिमपात र हिमपहिरोका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको छ । अत्यधिक चिसो बढेपछि मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । 

पाकिस्तान प्रशासित काश्मीरको हिमपहिरोमा घाइते भएकालाई भेट्‍न प्रधानमन्त्री इमरान खान आजाद जम्मु काश्मीरको मुजरफ्‍रवादस्थित अस्पताल पुगेका हुन् । काश्मीरमा मात्र हिमपहिरोमा मृत्यु हुने ६९ जना पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री खानले आजाद जम्मु काश्मीरका मुख्यमन्त्रीसँग हिमपात र हिम पहिरोले पुर्‍याएको क्षति र उद्धारको विवरण लिएका थिए । प्रधानमन्त्री खानले संयुक्त सैन्य अस्पतालमासमेत पुगेका थिए । प्रधानमन्त्री अस्पताल पुग्‍ने भएपछि मिडियालाई पनि अस्पताल प्रवेशमा रोक लगाइएको थियो ।

मौसम पूर्वानुमान विभागले शुक्रबार अझै भारी हिमपात हुने बताएको छ । रेडियो पाकिस्तानका अनुसार निलुम उपत्याकामा सेनाले स्थानीय प्रशासनसँग मिलेर उद्धार र राहत वितरणको काम भइरहेको बताएका छन् । 

Global Ime bank

त्यसैगरी बलुचिस्तानमा २० जनाले ज्यान गुमाएका छन् भने ७ जनाको सिलकोट र पन्जाबका अन्य जिल्लामा मृत्यु भएको पाकिस्तानी सञ्‍चारमाध्यम डन डटकमले उल्लेख गरेको छ । - डन डटकम

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement