site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
यी स्थानमा भइरहेको छ भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । पूर्वी नेपालमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा मोरङ, सिराहाको दोधना, उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षामापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार यी क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना छ । त्यसैले ती जिल्ला भएर बग्ने नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म सतर्कता अपनाउनु पर्नेछ । 

Dabur Nepal
NIC Asia

विभागले दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुङगामा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्ने क्रममा रहेकाले दूधकोसीको सुनकोसी दोभानसम्मको नदी तटीय क्षेत्रमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

लमजुङको खुदी बजार आसपासको क्षेत्रमा भारी वर्षामापन भएको छ । खुदी खोलालगायत उक्त क्षेत्र भएर बग्ने नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम छ ।  

त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ । 

विभागका अनुसार वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ ।

आज कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro