site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीबाहेक ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुनसक्ने 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

वाग्मती, कोसी, गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली छ । 
 
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ । 

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

Royal Enfield Island Ad

कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागको आग्रह छ । भारी वर्षाले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro