site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
असान्ज थाइल्यान्डमा ओर्लिए, अमेरिकी पूर्वउपराष्ट्रपतिको टिप्पणी– न्यायमा गर्भपात

बैंकक । विकिलिक्सका संस्थापक जुलियन असान्ज सवार विमान थाइल्यान्डको बैंककमा अवतरण गरेको अनलाइन ट्रयाकर फ्लाइट राडारले जनाएको छ । उनी सवार विमान डोन म्युआङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो स्थान थाइ राजधानी बैंककबाट उत्तर तर्फ रहेको छ ।

सो विमान तेल हाल्नका लागि मात्रै थाइल्यान्ड ल्याइएको हो वा नर्थन मेरिआना आइल्यान्डस्थित अदालतमा जानुअघि असान्जले अरु केही गर्दैछन् भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।

चार्टर गरिएको सो विमान मंगलबार राति ९ बजे नर्थन मेरिआना आइल्यान्डतर्फ प्रस्थान गर्ने थाइ अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उनले अमेरिकी अदालतमा भोलि बिहान उपस्थित भएर गल्ती महसुस गर्नुपर्ने अमेरिकी प्रशासनसँग सहमति भएको जनाइएको छ । उनले यसअघि नै बेलायतमा पाँच वर्ष जेल जीवन बिताइसकेकोले उनी अमेरिकामा भने जेलमा बस्नु पर्ने छैन ।

उनी अमेरिकाको अदालती प्रक्रिया सकिएपछि अष्ट्रेलिया जाने कार्यक्रम रहेको छ । उनी बेलायती जेलबाट सोमबार छुटेका हुन् । 

उनीसँग अमेरिकी प्रशासनले गरेको सहमतिलाई लिएर अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्वीट गर्दै ‘न्यायको गर्भपात’को संज्ञा दिएका छन् । उनले यसले देशको सशस्त्र फोर्समा भएका महिला र पुरुषको त्याग र सेवालाई अनादर गरेको उल्लेख गरेका छन् । द गार्जियन

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro