site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अनशन बसेकी दिल्लीकी जलस्रोतमन्त्री आईसीयूमा 
Dabur Nepal
NIC Asia

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीकी जलस्रोतमन्त्री आतिशीलाई अस्पतालमा भर्ना गरिएको छ । दिल्लीमा पानीको अभाव भएपछि उनी अनशन बसेकी थिइन् । त्यसक्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ ।

उनी पाँच दिनदेखि अनशनमा थिइन् । हरियाणा सरकारले दिल्लीलाई पानी नदिएको आरोप लगाउँदै आम आदमी समर्थित जलस्रोतमन्त्री भोक हड्तालमा उत्रिएकी थिइन् । उनलाई मंगलबार बिहान अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

संघमा झैँ हरियाणामा भाजपा नेतृत्वको सरकार छ । भाजपा हरियाणाले उनको आरोपको खण्डन गरेको छ । दिल्लीमा पानीको अभाव हुनुमा आम आदमी नै जिम्मेवार रहेको उक्त पार्टीले जनाएको छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro