site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पाँचवर्ष काठमाडौं बसिसकेका क्वात्रा भारतीय राजदूत बनेर आउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले फ्रान्सका लागि आफ्ना राजदूत विनय मोहन क्वात्रालाई नेपालका लागि भारतको नयाँ राजदूतको रुपमा पठाउने भएको छ । उनको एग्रिमो स्वीकृतिका लागि आइसकेको सम्बद्ध स्रोतले जनाएको छ । 

यसअघिका राजदूत मन्जिवसिंह पुरीले डिसेम्बर महिनामा नै कार्यकाल पूरा गरिसकेका छन् । क्वात्रा सन् १९८८ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए । चीन, वाशिङटन र संयुक्त राष्ट्र संघीय मिसनमा पनि उनी काम गरिसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को काठमाडौंस्थित सचिवालयमा व्यापार र अर्थतन्त्र मामिला सम्बन्धी  व्यूरोमा रहेर २००६ देखि २०१० सम्म काम गरेका थिए । 

उनी २०१५ देखि २०१७ सम्म अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा प्रधानमन्त्रीको कार्यालयमा सहसचिवको रुपमा समेत काम गरेका थिए ।  उनका पत्नी पूजा तथा २५ र १९ वर्षका दुई छोरा रहेका छन् ।  

Global Ime bank

स्रोतले क्वात्राको बारेमा जानकारी गराए पनि परराष्ट्र प्रवक्ता भरतराज पौडेलले भने आफूलाई सो विषयमा जानकारी नभएको बताएका छन् । त्यस्तै सूचना अधिकारी सुरेश अधिकारीले पनि अनभिज्ञता प्रकट गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १४:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC