site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बच्चैमा हिट !
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समय संघर्ष गरेर पनि धेरैले सफलता पाउन सक्दैनन् । केहीले भने छोटै समयमा उपलब्धि हासिल गर्छन्– त्यो पनि निकै लोभ लाग्दो तरिकाले । चलचित्र र संगीतमा यस्ता केही व्यक्ति छन्, जो बाल्य अवस्थामै सफल भए । भारतमा कला क्षेत्र हरेक व्यक्तिको पहिलो रोजाइमा पर्ने भएकाले कैयौं बालबालिका सेलिब्रिटी बन्छन् । तर नेपालमा भने कला साहित्यमा भविष्य नरहेको भन्दै सन्तानलाई यो क्षेत्रमा अभिभावकले प्रोत्साहन गर्दैनन् । परिणाम सानै उमेरमा उच्च सफलता पाउनेको संख्या निकै कम छ । 

सलोन बस्नेत, अनुभव रेग्मी, राज आचार्य, कमला घिमिरे, अशोक दर्जी, तेरिया मगर, प्रेम परियार, आयुष केसी, प्रितम आचार्य, सेड्रिना शर्मा प्रतिनिधि हुन् । यी सबै सानै उमेरमा त्यो पनि निकै छोटो समयमा लोकप्रिय हुने कलाकार हुन् ।
 
सलोन बस्नेत
सलोन बस्नेत चलचित्रमा बाल कलाकारका रूपमा सफलता हात पार्ने कलाकार हुन् । उनले चलचित्र ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा अभिनय आरम्भ गरेका थिए । निर्देशक शोभित बस्नेतका छोरासमेत रहेका सलोनले दर्जनौं चलचित्रमा बाल कलाकारका रूपमा अभिनय गरे । उमेर बढ्दै गएपछि केही वर्ष चलचित्रबाट टाढिएका उनी ‘होस्टल’ बाट डेब्यु गरेका थिए । अहिले उनी विभिन्न चलचित्रमा काम गरिरहेका छन् ।

अनुभव रेग्मी 
अनुभव रेग्मी पनि सानै उमेरमा राम्रो सफलता पाउने कलाकार हुन् । चलचित्रमा बाल कलाकारको भूमिकामार्फत उनले आफूलाई परिचित गराएका हुन् । विकास आचार्यको चलचित्र ‘रिदम’ बाट उनले डेब्यु गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तिनै अनुभव अहिलेका लोकप्रिय कलाकार बनिसकेका छन् । ‘रिदम’सँगै उनले ‘काली’, ‘नाइँ नभन्नु ल २’, ‘नाइँ नभन्नु ल ३’, ‘नाइँ नभन्नु ल ४’, ‘ए मेरो हजुर २’, ‘भैरे’, ‘हजार जुनीसम्म’ लगायत चलचित्रमा काम गरिसकेका छन् । थुप्रै टेलिचलचित्र र फिचर फिल्ममा अभिनय गरेकी कविता रेग्मी र अरुणका छोरा हुन् अनुभव ।

राज आचार्य
हास्य टेलिशृंखला ‘तीतो सत्य’ बाट कलाकारितामा प्रवेश गरेका हुन् राज आचार्य । बाल कलाकारका रूपमा ‘तीतो सत्यमा प्रवेश गरेका राज छोटो समयमै लोकप्रिय भए । तत्कालीन समयमा लोकप्रिय रहेको ‘तीतो सत्य’ का कारण पनि उनलाई सहज भएको थियो । उनले दीपकराज गिरी र दीपाश्री निरौलाको छोराको चरित्र निभाएको थिए । 

Global Ime bank

राज अहिले कलाकारितामा छैनन् । राज कलाकार शंकर आचार्यका छोरा हुन् । शंकर चलचित्रसहित विभिन्न टेलिशृंखलामा काम गर्दै आएका छन् ।

अशोक दर्जी 
सडकमा गीत गाउँदा–गाउँदै चर्चित भएका गायक हुन् अशोक दर्जी । झापाका सडकमा गीत गाउँदा गाउँदै उनको गायन प्रतिभा विभिन्न युट्युब च्यानलमार्फत बाहिर आएपछि उनलाई गायक टंक बुढाथोकीले काठमाडौं ल्याएर गाउने अवसर जुटाइदिए । त्यसपछि अशोक चर्चामा आए । 

निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका उनले गीत गाउन पाए । देश–विदेशमा रहेका विभिन्न व्यक्तिको सहयोगमा उनको घर पनि पक्की बन्यो । उनले पढ्न पाएका छन् । ‘मनविनाको धन ठूलो...’, र ‘चौंरीको चाम्रो छुर्पी...’ अशोकले गाएका गीत हुन् । 

कमला घिमिरे
धादिङकी कमला घिमिरे पनि गायनबाटै अगाडि बढेकी प्रतिभा हुन् । ११ वर्षको उमेरमै उनले आम नेपालीबीच आफ्नो प्रतिभा पु¥याइन् । प्रत्यक्ष दोहोरीमा दशकौं बिताएका अब्बल मानिने गायक–गायिकासँग लाइभ दोहोरी गाएर कमलाले आफ्नो पहिचान बनाएकी हुन् ।

छिनमै दोहोरीका टुक्का फुराउन सक्नु उनको प्रतिभा हो । यही कारण अहिले उनलाई स्टेज कार्यक्रममा भ्याइनभ्याई छ । दोहोरी गीत पनि रेकर्ड गराइसकेकी छिन् । हजारौं दर्शकका अगाडि भेट्रान कलाकारसँग दोहोरी गाएर उनले आफूलाई थप निखारिरहेकी छिन् । 

तेरिया मगर
तेरिया मगरले नृत्य कलामार्फत आफूलाई नेपाल मात्रै होइन भारतमा पनि चिनाइन् । रूपन्देहीकी तेरियाले भारतमा भएको प्रतियोगिता ‘डान्स इन्डिया डान्स’को विजेता बनेर आफ्नो कौशल प्रस्तुत गरेकी थिइन् । उनी भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रशारण हुने कार्यक्रम ‘झलक दिखला जा’ को पनि विजेता हुन् । हजारौं भारतीय प्रतिस्पर्धीलाई उछिन्दै यति ठूलो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली कलाकार पनि हुन् । अहिले उनको ठूलो फ्यान फलोइङ छ । 

प्रेम परियार
केही वर्षअगाडि एउटा गीत गाइरहेको एक बालकको भिडियो धेरैको मोबाइलमा थियो । गीत थियो, ‘मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो...’ र गीत गाउने बालक थिए धादिङका प्रेम परियार । त्यसको केही समयपछि उनलाई महेश खड्का र शिशिर राणाले धादिङबाट काठमाडौं ल्याए । संगीतकार बसन्त सापकोटाले विकास आचार्यसँग भेटाएर । बसन्तले नै उनलाई चलचित्र ‘नाईं नभन्नु ल २’ को ‘यी आँखामा तिमी छौं...’ र ‘मर्ने कसैलाई रहर हुँदैन’ गीत गाउन लगाए । यी गीत गाएपछि उनको लोकप्रियता उकालियो । तीनै गायक प्रेम परियार अहिले नायक पनि हुँदै छन् । ‘पर्खि बसे फर्कि आउँछु’ चलचित्रमा प्रेम नायकको भूमिकामा देखिँदै छन् । 

प्रितम आचार्य र आयुष केसी
प्रितम आचार्य र आयुष केसी पनि बालवयमै आफूलाई आम नेपालीबीच चिनाउन सफल भए । गायन उनीहरूको कलाको विधा हो । सुनसरीका प्रितम र भक्तपुरका आयुष दुवैले आफूलाई एकै समय एउटै स्टेजबाट आफ्नो प्रतिभा बाहिर ल्याएका हुन् । भारतीय टेलिभिजन जीटीभीको गत सिजनको रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’मा उनीहरू सहभागी भएका थिए । 

उक्त सोमा प्रितम तेस्रो भए भने आयुष थर्ड रनरअप भएका थिए । हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरू ग्रान्ड फिनालेमा पुगेका थिए । आफ्नो लोकप्रियताकै कारण प्रितमलाई सुनसरीको इटहरी उपमहानगरपालिकाले बाल सदभावना दूत बनाएको थियो । 

सेड्रिना शर्मा
सेड्रिना शर्मा एउटै चलचित्रबाट आफ्नो पहिचान स्थापना गर्ने बाल कलाकार हुन् । ‘नाईं नभन्नु ल ५’ मा अभिनय गरेकी उनले यसैमार्फत् आफूलाई दर्शकमाझ ‘नोटिस गराउन सफल भइन् । एउटै चलचित्रबाट आफूलाई स्थापित गराएकी उनले अन्य चलचित्रमा काम गरेकी छैनन् । 

यीमध्ये सलोन अहिले बालवय पार गरी नायक बनिसकेका छन् । सोलो नायकमा खासै अवसर नपाए पनि को–एक्टरका रूपमा उनले थुप्रै चलचित्रमा काम गरिसकेका छन् । प्रेमले पनि आफूलाई नायकमा डेब्यु गराउँदै छन् । बाँकीमध्ये राज पुनः कला क्षेत्रमा फर्किएका छैनन् भने अन्यले ‘बाल सेलिब्रिटी’ कै स्वाद चाखिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC